मुगुमा शनिबारदेखि एक हप्ता विद्युत अवरुद्ध « Khabarhub

मुगुमा शनिबारदेखि एक हप्ता विद्युत अवरुद्ध


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगुमा आगमी शनिबारदेखि एक हप्तासम्म विद्युत बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्रअन्तर्गत गमगाड जलविद्युत आयोजनाको बालैमा रहेको इन्टेकमा समस्या भएको हुँदा मर्मतका लागि पानी बन्द गर्नुपर्ने भएकाले सदरमुकाम गमगढी बजारलगायत आसपासका गाउँमा १२ चैत बिहान ८ बजेदेखि १९ चैतसम्म विद्युत सेवा अवरुद्ध हुने भएकाे छ ।

नेपाल विद्युत प्राधिकरण गमगाड वितरण केन्द्र मुगुका प्रमुख दिनेश पौड्यालले यसबाट पर्ने असुविधाप्रति प्राधिकरण क्षमा चाहने बताए ।

यहाँका ग्राहकले यसअघि पनि पटक पटक विद्युत सेवामा समस्या झैल्दै आइरहेका छन् । मेसिनले राम्राे काम नगर्नु कहिले पानीकाे मुहानमा समस्या देखिनु जस्ता पीडा भोग्दै आइरहेका छन् । यस्तो सास्ती खेपिरहँदा यहाँका राजनितिक दल, स्थानीय तहलगायत निकायले पहलकदमी नरहेको स्थानीयकाे आराेप छ ।

जिल्लाका करिब १० हजार घरधुरीलाई लक्षित गरी गमगाढ साना जलविद्युत आयोजना स्थापना भएकाे हाे ।

सदरमुकाम गमगढी बजारसहित अन्य बस्तीमा विद्युत सेवा समस्या आइरहँदा मोबाइल चार्ज गर्न समेत समस्या हुने गरेकाे हुम्लाको सर्केगाड गाउपालिका-१ का नरजंग बमले बताए ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  २ : ३८ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित