समाजवादको गन्तव्यलाई एमालेले मात्र अघि बढाउन सक्छ : अध्यक्ष ओली « Khabarhub

समाजवादको गन्तव्यलाई एमालेले मात्र अघि बढाउन सक्छ : अध्यक्ष ओली


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादको गन्तव्यलाई एमालेले मात्र अघि बढाउन सक्ने बताएका छन्।

बिहीबार काठमाडौँमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीद्वारा लिखित पुस्तक ‘दिशाबोध’ को विमोचनका साथै पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्य नै समाजवादको गन्तव्य भएको भन्दै यसलाई एमालेलेमात्र अघि बढाउन सक्ने बताएका हुन् ।

त्यस्तै उनले समाजवादको गन्तव्यमा पुग्न एमालेले आवश्यक नीति बनाउने धारणा राखे। कसैप्रतिको द्वेष र कसैप्रतिको आग्रहले कुनै राजनीतिक नीति नबनाउने उनको भनाइ छ ।

कार्यक्रममा ओलीले नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा लगाएतलाई एमाले प्रवेश गराएका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ४ : २१ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित