क्षयरोग नियन्त्रणमा योगदान दिँदै आएको भन्दै डा. तिंकरीलाई गोल्ड मेडलले सम्मान « Khabarhub

क्षयरोग नियन्त्रणमा योगदान दिँदै आएको भन्दै डा. तिंकरीलाई गोल्ड मेडलले सम्मान


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्षयरोग नियन्त्रणका लागि लामो समयदेखि आफ्नो योगदान दिँदै आएका पूर्व प्रमुख विशेषज्ञ डा. भीमसिंह तिंकरीले गोल्ड मेडल प्राप्त गरेका छन्। दीर्घ राना समुन्द्र फाउन्डेसनले विश्व क्षयरोग दिवसको अवसरमा डा. तिंकरीलाई गोल्ड मेडलले सम्मान गरेको हो।

त्यस्तै, डीटीएलओ, स्वास्थ्य कार्यालय रौतहटका राजकुमार शाह, बझाङको क्षयरोग स्वास्थ्य कार्यालयका फोकल पर्सन नारायणप्रसाद जोशी, एएचडब्लु, स्वास्थ्य कार्यालय डोल्पाका कर्णबहादुर विक र डीटीएलओ स्वास्थ्य कार्यालय सुनसरीका विजय गुरागाईंलाई पनि फाउन्डेसनले सम्मान गरेको छ ।

उक्त फाउन्डसनले आफ्नो स्थापनाकालदेखि नै प्रत्येक वर्ष क्षयरोग दिवसको दिन क्षयरोग निवारणमा योगदान पुर्‍याउँदै आएका व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ।

त्यसैगरी, दिक्षा दक्ष सेवा पुरस्कार कोषले पनि क्षयरोग नियन्त्रण तथा उपचारमा निरन्तर सेवा दिइरहेका ३ जना व्यक्तिवलाई सम्मान गरेको छ। सम्मानित हुनेहरुमा ललितपुरको हरिसिद्धि स्वास्थ्य चौकीकी राज्यलक्ष्मी महर्जन, बर्दघाटका ल्याब टेक्निसियन डिल्लीराम तिवारी र स्वास्थ्य कार्यालय प्युठानका सुपरभाइजर मधुसदन खड्का रहेका छन्।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ६ : ३२ बजे

मेची भन्सार कार्यालय : पेट्रोलियम आयतबाट पाँचमहिनामा करिब ४ अर्ब राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो

हर्क साम्पाङले पार्टीबाट कारबाही गरेका मित्र परियार नेकपाको समानुपातिक सूचीमा !

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले कारबाही गरेका

बालेन, रवि र कुलमान एकताको तरङ्ग कता-कता ?

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र रवि लामिछाने नेतृत्वको

कांग्रेसले अहिलेसम्म किन बुझाउन सकेन समानुपातिक उम्मेदवारको बन्दसूची ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत

अमेरिकाले राष्ट्रसङ्घको मानवीय सहायताका लागि दुई अर्ब डलर दिने

काठमाडौं – संयुक्त राज्य अमेरिकाले सन् २०२६ मा संयुक्त राष्ट्रसङ्घको