शंखमूलमा युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा पाँच जना पक्राउ « Khabarhub

शंखमूलमा युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा पाँच जना पक्राउ


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको शंखमूलमा एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको मन्थलीका राजेश बुढाथोकी, दोलखाको नाम्दुका रोशन लामा, भक्तपुरको थिमीका पुकार केसी, सिन्धुपाल्चोकका प्रवीण नेपाल र रामेछापका संजीव मोक्तानलाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

बुधबार ८/९ जनाको समूहले सुरज खड्का नाम गरेका युवकलाई खुकुरी प्रहार गरेका थिए। पक्राउ परेका उनीहरुलाई ज्‍यानसम्बन्धी कसूरमा थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी वृत बानेश्वरमा पठाइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ५ : ११ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी