‘पिर’ गीतका गायक प्रकाश सपूतले भने- ‘म समाजबाट परिचालित छु’ « Khabarhub

‘पिर’ गीतका गायक प्रकाश सपूतले भने- ‘म समाजबाट परिचालित छु’


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक प्रकाश सपूतले आफू समाजबाट परिचालित भएर ‘पिर’ गीत बनाएको बताएका छन् ।

पिर गीत सार्वजनिक गरेपछि माओवादी कार्यकर्ताले आफूहरूविरुद्ध शक्ति केन्द्रबाट परिचालित भएको आरोप लगाएपछि उनले आफू समाजबाट परिचालित भएको जवाफ दिएका हुन् ।

बिहीबार पत्रकार सम्मेलन गरेर उनले आफू समाजबाट परिचालित हुने गरेको र अन्य शक्तिले आफूलाई परिचालित गर्न नसक्ने बताएका हुन् ।

विवादपछि पिर गीतको भिडियोको केही दृश्य हटाएर पुनः युट्युबमा अपलोड गरिएको विषयमा गायक सपूतले आफूले कसैसँग डराएर गीतको भिडियो डिलिट नगरेको जवाफ दिए ।

सुरुमा अपलोड गरिएको भिडियोलाई प्राइभेट गर्दै माओवादी युद्धमा होमिएको पात्र देहव्यापारमा संलग्न भएको दृश्य हटाएर पुन भिडियो अपलोड गरेका गायक सपुतले युद्धमा होमिएको पीडित समूहले चित्त दुखाएपछि आफू सोच्न वाध्य भएको जवाफ दिए ।

भिडियो सम्पादन गरेर पुनः अपलोड गरे पनि आफूले गीतमार्फत दिन खोजेको सन्देश यथावत् रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ४ : ५२ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग