‘पिर’ गीतका गायक प्रकाश सपूतले भने- ‘म समाजबाट परिचालित छु’ « Khabarhub

‘पिर’ गीतका गायक प्रकाश सपूतले भने- ‘म समाजबाट परिचालित छु’


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक प्रकाश सपूतले आफू समाजबाट परिचालित भएर ‘पिर’ गीत बनाएको बताएका छन् ।

पिर गीत सार्वजनिक गरेपछि माओवादी कार्यकर्ताले आफूहरूविरुद्ध शक्ति केन्द्रबाट परिचालित भएको आरोप लगाएपछि उनले आफू समाजबाट परिचालित भएको जवाफ दिएका हुन् ।

बिहीबार पत्रकार सम्मेलन गरेर उनले आफू समाजबाट परिचालित हुने गरेको र अन्य शक्तिले आफूलाई परिचालित गर्न नसक्ने बताएका हुन् ।

विवादपछि पिर गीतको भिडियोको केही दृश्य हटाएर पुनः युट्युबमा अपलोड गरिएको विषयमा गायक सपूतले आफूले कसैसँग डराएर गीतको भिडियो डिलिट नगरेको जवाफ दिए ।

सुरुमा अपलोड गरिएको भिडियोलाई प्राइभेट गर्दै माओवादी युद्धमा होमिएको पात्र देहव्यापारमा संलग्न भएको दृश्य हटाएर पुन भिडियो अपलोड गरेका गायक सपुतले युद्धमा होमिएको पीडित समूहले चित्त दुखाएपछि आफू सोच्न वाध्य भएको जवाफ दिए ।

भिडियो सम्पादन गरेर पुनः अपलोड गरे पनि आफूले गीतमार्फत दिन खोजेको सन्देश यथावत् रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ४ : ५२ बजे

आज पुत्रदा एकादशी व्रत गरिँदै

काठमाडौं– आज पौष शुक्ल एकादशी अर्थात पुत्रदा एकादशीको व्रत गरिँदैछ

गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट अवैध लागुऔषध खैरो हिरोइन

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै

काठमाडौं– गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत

निर्वाचन आउन ६५ दिन बाँकीः आयोगले तोक्यो खर्च सीमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

मध्यरातमा सुधन गुरुङसँगको फोटो राखेर बालेन लेख्छन्– लभ यू, ब्रदर

काठमडौं – सुधन गुरुङले रास्वपासँग एकताका लागि गरेको पहल र