नेप्सेमा दोहोरो अङ्कको गिरावट « Khabarhub

नेप्सेमा दोहोरो अङ्कको गिरावट


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक १६.६९अङ्कले ओरालो लागेर दुई हजार ६१३.६७ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.१७ अङ्कले ओरालो लागेर ४८८.९४ मा पुगेको छ । कूल २२४ कम्पनीको ५२ लाख ९८ हजार ५४३ कित्ता शेयर रु तीन अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२५ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा मात्रै वृद्धि भएको छ । निर्जीवन बीमा १२७.९५ र जीवन बीमा ३७०.०४ अङ्कले उकालो लागेको छ ।

बैंकिङ १२.८९, व्यापार ३०.६४, होटल तथा पर्यटन ४३.८१, विकास बैंक ८८.४९, जलविद्युत् ३१.७७, वित्त ४३.३६, उत्पादन ८४.३२, अन्य ३५.२३, लघुवित्त २०.४८, सामूहिक लगानी कोष ०.०८ र लगानी १.७३ अङ्कले ओरालो लागेको छ ।

बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब पाँच अर्ब ५९ करोड ८८ लाख ६ हजार १८२ बराबर भएको छ । कारोबारका आधारमा जीवन विकास लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३० करोड ६३ लाख ९७ हजार ६२४ बराबरको कारोबार भयो । नेपाल दूरसञ्चार कम्पनी रु २३ करोड ५० लाख ६८ हजार ५८७, लाइफ इन्स्योरेन्स कर्पोरेशन रु ११ करोड ३१ लाख पाँच हजार ९६०, अपि पावर कम्पनी रु १० करोड ३३ लाख ४५ हजार ३४७ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी रु आठ करोड ३७ लाख ७३ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । इमर्जिङ नेपाल ९.९९, युनाइटेड इदी मर्दी हाइड्रोपावर ९.९३, ग्रीनलाइफ हाइड्रोपावर ७.५३ र लाइफ इन्स्योरेन्स कर्पोरेशनका लगानीकर्ताले ५.५९ प्रतिशतले कमाए । नेपाल फाइनान्स ४.६७, समालिङ पावर कम्पनी ४.६५, माउण्टेन हाइड्रो नेपाल ४.१६, मैलुङ खोला जल विद्युत् कम्पनी ४.०७ र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ३.९४ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ६ : ४५ बजे

रञ्जुले जितेको काठमाडौं १ मा एमाले र नेकपाको जमानत जफत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शनाले जित हासिल गरेको

स्याङ्जा–२ मा आयोगको निर्देशन- दलहरूलाई सहमति गराएर मतगणना अगाडि बढाउनू 

स्याङ्जा– निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन क्षेत्र स्याङ्जा–२ मा मतगणना

नवलपरासी पश्चिम-१ मा विनोद चौधरीलाई कांग्रेस छाडेका विक्रमको धक्का, तेब्बर मतले अगाडि

नवलपरासी पश्चिम– प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र

झापा ३ : राप्रपाका राजेन्द्रभन्दा रास्वपाका पाठक अगाडि 

काठमाडौं– झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र

प्यूठानमा रास्वपाका सुशान्त वैदिकको अग्रता, एमालेका सूर्य थापा पाँचौँ स्थानमा

प्यूठान– प्रतिनिधिसभा निर्वाचन क्षेत्र एउटा मात्रै रहेको प्युठानमा राष्ट्रिय स्वतन्त्र