शुक्रबारबाट रञ्जना सिनेप्लेक्ससँगै गोपीकृष्णका तीन हल सञ्चालनमा आउने | Khabarhub Khabarhub

शुक्रबारबाट रञ्जना सिनेप्लेक्ससँगै गोपीकृष्णका तीन हल सञ्चालनमा आउने


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको महामारी सुरु भएसँगै हलहरु बन्द पनि भए । केहि हलहरु सँधैको लागि नै । यद्दपि कोरोना भाइरसको तेस्रो लहरको प्रभाव न्यून भएसँगै फिल्म हेर्न दर्शक हलमा फर्किएपछि नयाँ हलहरु खुलिरहेका छन् । चैत्र ११ गतेबाट २ हल संचालनमा आउने भएका छन् । एउटा रञ्जना कप्लेक्समा र अर्को गोपीकृष्णकै तीन हल ।

नेपाली दर्शकको राम्रो भिडभाड हुने गोपीकृष्ण मुभिज बन्द हुँदा फिल्मकर्मीलाई त घाटा लाग्यो नै दर्शक पनि निराश भए । काठमाण्डौको चाबहिलमा रहेको गोपिकृष्ण हल भत्काइयो । ७ वटा पर्दा रहेको गोपीकृष्णमा गोपि, कृष्ण, राधा र मिरा हल भत्काएको हो । त्यसपछि त्यहाँ दर्शकले फिल्म हेर्न पाएनन् । यद्दपि शुक्रबारबाट त्यहाँ दर्शकले फिल्म हेर्न पाउनेछन् । सपिङ मल बनाउने योजना अनुसार हल भत्काइएता पनि यहि चैत्र ११ बाट तीन वटा हलमा फिल्म प्रदर्शन हुने गोपीकृष्ण सिनेमाका जेनेरल म्यानेजर प्रदीप दाहालले बताए ।

यी हलहरु अब आरजीबी थिममा सञ्चालनमा आउने छन् । आरजीबी भनेको रेड, ग्रिन र ब्लु हो । यी तीन कलर चलचित्रमा प्रयोग हुने प्राइमरी कलर मध्ये पर्छन् । गोपीकृष्ण सेन्टल कम्प्लेक्स निर्माणका लागि साबिकको गोपीकृष्ण हल भत्काइएको छ । सँगै रहेका ३ हलहरु भने बाँकी नै छन् । गोपीकृष्णले तिनै तीन हलको प्रविधि र भौतिक पूर्वाधारमा समेत उल्लेख्य सुधार गरि हल सञ्चालन गर्न लागेको हो । अत्याधुनिक प्रविधिका साथ सञ्चालनमा आउन लागेको जनाइएका हललाई आरजीबी थिममा सञ्चालन गरिने छ ।

कुल ५०० सिट क्षमताका साथ सञ्चालनमा आउने हलमा हरेक घण्टा शो शुरु हुने जनाइएको छ । बिहान आठ बजेबाट शुरु हुने शो बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ । ३ हलमा गरि दैनिक १२ वटा शो हुनेछन् । शुक्रबारबाट आरआरआर, द कश्मिर फाइल्स र चिसो एष्ट्रे प्रदर्शनसँगै हल पुन सञ्चालनमा आउने गोपीकृष्ण मुभिजका निर्देशक निरक पौडेलले जनाएका छन् ।

यस्तै, शुक्रबारबाट नै न्यूरोडको रञ्जना सिनेमा पुनः सञ्चालनमा आउने भएको छ । बन्द भएको वषौं पछि यो हल रञ्जना सिनेप्लेक्सको नाममा सञ्चालनमा आउन लागेको हो । वि.सं २०१४ सालबाट सञ्चालनमा आएको रञ्जना नेपालकै पुरानो फिल्म हल मध्येको एक हो । कुनै समय फिल्म प्रदर्शनको लागि प्रमुख मानिने रञ्जना सिनेमा बन्द गर्दै सञ्चालकले सो स्थानमा रञ्जना ट्रेण्ड सेन्टर निर्माण गरेका हुन् । २०७१ सालबाट सञ्चालनमा आएको रञ्जना ट्रेण्ड सेन्टरमा विभिन्न ग्रुपले हल सञ्चालनका लागि तयारी गरेका थिए । अन्ततः नरेन्द्र महर्जनको ग्रुपले उक्त हल सञ्चालनमा ल्याउन लागेको हो ।

रञ्जना सिनेमामा १ सय ३०, १ सय ८० र २ सय ५१ सिट क्षमताका ३ वटा अडिटोरियम रहेका छन् । सञ्चालक नरेन्द्र महर्जनका अनुसार प्रोजेक्सनलाई स्तरिय बनाउन फोरके प्रोजेक्सन राखिएको छ । यस्तै नेपालमै पहिलो पटक एलडब्ल्यु साउण्ड सिष्टम जडान गरिएको छ । थ्रिडि फिल्मका पारखीहरुलाई लक्षित गरि हलमा थ्रिडि सिस्टम पनि हलमा जडान गरिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ७ : १३ बजे

चाडपर्वमा सर्वसाधरणको सुरक्षाका लागि चार हजार बढी प्रहरी परिचालित

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले यस वर्षको दसैँ, तिहारलगायत

ट्रम्प प्रशासनले एच–१ बी भिसाका लागि एक लाख डलर शुल्क उठाउने, भारतद्वारा चासो व्यक्त

नयाँदिल्ली – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुशल कामदार भिसा ९एच–१

पेन्टागनद्वारा मिडियामाथि नयाँ ‘प्रतिबन्ध’को घोषणा

वासिङ्टन – अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेनाको समाचार सम्प्रेषण

चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन प्रशासनको निर्देशन

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको बहानामा यात्रुबाट बढी

जनस्वराज पार्टी घोषणा

काठमाडौं – न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको उद्देश्यसहित इन्जिनियर