सपूतले भने- मैंले कसैको दबाबमा दृश्य हटाएको होइन « Khabarhub

सपूतले भने- मैंले कसैको दबाबमा दृश्य हटाएको होइन


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कलाकार प्रकाश सपूतले समाजको भावनालाई बुझेर पीर गीतको विवादित दृश्य हटाएको बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले पीर गीतमा रहेको देहव्यापार सम्बन्धी दृश्य कसैको दबाबमा नभइ समाजको भावनालाई लिएर हटाएको बताएका हुन् । आफू समाजबाट परिचालित भएको भन्दै अन्य कुनै शक्तिले आफूलाई परिचालित नगरेको उनले बताए ।

त्यस्तै सोहि पेशामा आधारित मानिसहरुलाई झनै पीर परेको भन्दै गीतबाट केहि दृश्य हटाउनु परेको प्रष्टिकरण पनि उनले दिए।

त्यस्तै सोहि गीतकी अभिनेत्री सुरक्षा पन्तले दृश्य हटाउने कुरा गायक सपूतको नितान्त व्यक्तिगत कुरा भएको बताइन्। अभिनेत्री पन्तले समाजमा भएका कुराहरुलाई भावनासँग जोड्दा राम्रो हुने सोचका साथ त्यो दृश्य हटाइएको पनि बताइन्।

पीर गीतमा रहेको देहव्यापार सम्बन्धी दृश्य समावेश गरेको भन्दै केहिले सपूतको आलोचना गरेका थिए । त्यस लगत्तै सपूतले गीतबाट उक्त दृश्य हटाएका थिए।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ८ : ०४ बजे

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको

क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

काभ्रेपलाञ्चोक– दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको