गठबन्धन दलबाट खोटाङको जन्तेढुंगामा बन्द आह्वान | Khabarhub Khabarhub

गठबन्धन दलबाट खोटाङको जन्तेढुंगामा बन्द आह्वान


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको जन्तेढुंगा गाउँपालिकामा काँग्रेस नेतामाथि आक्रमण भएको विरोधमा गठबन्धन दलले बन्द आह्वान गरेको छ ।

बुधबार राति ९ बजेतिर जन्तेढुंगाको केन्द्र चिसापानी बजारको एक होटेलमा एमालेसम्बद्ध कार्यकर्ताले काँग्रेस नेता देवराज बस्नेतमाथि आक्रमण गरेको विरोधमा काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले गाउँपालिकामा बन्द आह्वान गरेको हो ।

गुण्डागर्दीशैलीमा आक्रमण गरिएको भन्दै गठबन्धन दलले विज्ञप्तिमार्फत शुक्रबारका दिन गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्था बाहेकका सम्पूर्ण कार्यालय, व्यापार–व्यवसाय, संघसंस्था बन्द गर्न आह्वान गरेको छ ।

एमालेसम्बद्ध युवाले नियोजित रूपमा एक सडक योजनाको कमिसन माग्दै राजनीतिक विषय निकालेर विवाद गर्दै बस्नेतमाथि बोतल प्रहार गरेर सख्त घाइते बनाएको काँग्रेस जन्तेढुंगा सभापति बाजिन्द्र विष्टले बताए । उनको हाल विराटनगरमा उपचार भइरहेको छ ।

एमालेसम्बद्ध चासुम राई, मिलन राई लगायतले बस्नेतमाथि आक्रमण गरेको सभापति विष्टले बताए । उनीहरूले एस्काभेटर चलाउँदै आएका काँग्रेस सम्बद्ध तारामान राईसँग सडक निर्माण योजनावापत १५ हजार कमिसन मागेको विष्टको भनाइ छ ।

एमालेको निरंकुशता, ज्यादती र सांघातिक आक्रमणका विरुद्ध बन्द आव्हान गरिएको विज्ञप्तिमा जनाइएको छ ।

व्यक्तिगत विवादमा आफ्नो पार्टीको नाम जोडेको भन्दै एमालेको ध्यानाकर्षण 

नेकपा एमाले जन्तेढुंगा गाउँपालिका कमिटीले भने जाँड रक्सी खानेक्रममा भएको केही व्यक्तिको विवादमा आफ्नो पार्टीको नाम जोडेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

एमाले जन्तेढुंगा गाउँपालिका कमिटी अध्यक्ष यामकुमार राईले विज्ञप्ति जारी गर्दै जाँड खानेक्रममा केही व्यक्ति बीचमा व्यक्तिगत विषयमा भएको विवादलाई राजनीतिक रंग दिएर एमालेप्रति घृणा र द्वेष फैलाउने षडयन्त्र रचिएको बताएका छन् ।

एमालेले अस्वस्थ र अमर्यादित गतिविधि गरेर एमालेलाई बदनाम गराउने कुचेष्टा नगर्न सचेत गराएको छ । विज्ञप्तिमा एमालेको कार्यालय भवन शिलान्यासलगायतका कार्यक्रमलाई प्रभावित बनाउने गरी बन्द हडताल गरेर नागरिकमा भय, त्रास र आतंक सिर्जना भएकोप्रति दुःख व्यक्त गरिएको छ ।

कार्यालय बन्द नगर्न गाउँपालिकाको निर्देशन  

गठबन्धन दलले बन्द आव्हान गरेकोप्रति जन्तेढुंगा गाउँपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । गाउँपालिकाले निर्देशन जारी गर्दै शुक्रबार कुनै पनि सरकारी बिदा नपरेको र सरकारी कार्यालय बन्द नहुने स्पष्ट पारेको छ ।

गाउँपालिका अध्यक्ष शंखबहादुर राईले जारी गरेको निर्देशनमा कुनै पनि विद्यालय वा सरकारी कार्यालय बन्द गरी कर्मचारी तथा शिक्षक अनुपस्थित भएमा स्थानीय सरकार सञ्चालन एन २०७४ बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ९ : ११ बजे

नेपाली युवाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ‘ओलम्पियाड’

काठमाडौँ– धेरै नेपालीले धुमधामसाथ दसैँ मनाइरहेका बेला नेपाली युवाको एउटा

थारू बस्तीमा ‘सखिया नाच’को रौनक

खजुरा– बाँके जिल्लाका थारू समुदाय अहिले ‘सखिया नाच’ को रौनकले

बाबा सिद्दिकीको हत्यापछि सलमान खानको सुरक्षा बढाइयो

काठमाडौं– महाराष्ट्रका एनसीपी अजित पवार गुटका नेता तथा महाराष्ट्र सरकारका

पाकिस्तानमा भएको झडपमा १६ जनाको मृत्यु

एजेन्सी –पाकिस्तानको उत्तरपश्चिममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई

गुप्तेश्वर गुफाको आम्दानीको स्रोत ‘कामधेनु गाई’

गण्डकी– यहाँको गुप्तेश्वर गुफाको आम्दानीको स्रोत बनेको छ, कामधेनु गाई