सप्तरी मेयर कप क्रिकेट: खडक वारियर्सको विजयी सुरुवात | Khabarhub Khabarhub

सप्तरी मेयर कप क्रिकेट: खडक वारियर्सको विजयी सुरुवात


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरी प्रिमियर लिग मेयर कप क्रिकेट प्रतियोगिताको चौथो संस्करण बिहीबारदेखि राजविराजमा सुरु भएको छ ।

राजविराज रंगशालामा भएको प्रतियोगिताको उद्घाटन  राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले ब्याटिङ्ग र उप–प्रमुख साधाना झाले वलिङ्ग गरेर गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन खेलमा राजविराज ब्रदर्सलाई ६ विकेटले पराजित गर्दै बजाज खडक वारियर्सले जित सुरुआत गरेको छ । राजविराज ब्रदर्सले दिएको १ सय ४० रनको लक्ष्य बजाज खडक वारियर्सले ७ बल बाँकी छँदै ६ विकेटको क्षतिमा भेटायो ।

खडक वारियर्सका लागि राहुल मण्डलले सर्वाधिक ६६ रन बनाए । उसले ५२ बलमा ९ चौका र १ छक्का प्रहार गरे । यस्तै अरनिको यादवले ५० रनको योगदान दिए । उनले ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।

राष्ट्रिय क्रिकेटरसमेत रहेका कप्तान सिद्वान्त लोहनी खाता नखोली आउट हुँदा ४ रनमा ५ विकेटको क्षतिमा राहुल र अरनिकोले छैटौं विकेटका लागि ८८ रनको साझेदारी गर्दै जितको आधार तयार पारे ।

राजविराज ब्रदर्सका बलर अनुज चुनरा र दिपेश कंडेलले समान दुई विकेट लिए पनि जितका लागि प्रयाप्त भएन । टस जितेर ब्याटिङ्ग गरेको राजविराज ब्रोदर्सले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन जोडे । जसमा अमितकुमार यादवले सर्वाधिक ३९ रन, प्रशान्त सिंहले २७ तथा निरजकुमार यादवले २६ रनको योगदान गरे ।

खडक वारियर्सका बलर अरनिको यादव र रविन सिंहले सामान ३ विकेट लिए । खेलको प्यलेयर अफ द म्याच बजाज वारियर्स अरनिको यादव घोषित भए ।

प्रतियोगिता उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी उपरीक्षक अभिनारायण काफ्ले, राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवती रमन शर्मा, खडक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुन्दन कर्ण, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठलगायत उपस्थित थिए ।

प्रतियोगिताअन्तर्गत शुक्रबार दुई वटा टिमबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । पहिलो खेल टीभीएस किंग्स राजविराज र राजविराज द किंग्स तथा दोस्रो खेल बजाज खडक वारियर्स र तिलाठी कोइलाडी जायन्टसबीच प्रतिस्पर्धा हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  १० : ३९ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले