सप्तरी मेयर कप क्रिकेट: खडक वारियर्सको विजयी सुरुवात « Khabarhub

सप्तरी मेयर कप क्रिकेट: खडक वारियर्सको विजयी सुरुवात


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरी प्रिमियर लिग मेयर कप क्रिकेट प्रतियोगिताको चौथो संस्करण बिहीबारदेखि राजविराजमा सुरु भएको छ ।

राजविराज रंगशालामा भएको प्रतियोगिताको उद्घाटन  राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले ब्याटिङ्ग र उप–प्रमुख साधाना झाले वलिङ्ग गरेर गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन खेलमा राजविराज ब्रदर्सलाई ६ विकेटले पराजित गर्दै बजाज खडक वारियर्सले जित सुरुआत गरेको छ । राजविराज ब्रदर्सले दिएको १ सय ४० रनको लक्ष्य बजाज खडक वारियर्सले ७ बल बाँकी छँदै ६ विकेटको क्षतिमा भेटायो ।

खडक वारियर्सका लागि राहुल मण्डलले सर्वाधिक ६६ रन बनाए । उसले ५२ बलमा ९ चौका र १ छक्का प्रहार गरे । यस्तै अरनिको यादवले ५० रनको योगदान दिए । उनले ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।

राष्ट्रिय क्रिकेटरसमेत रहेका कप्तान सिद्वान्त लोहनी खाता नखोली आउट हुँदा ४ रनमा ५ विकेटको क्षतिमा राहुल र अरनिकोले छैटौं विकेटका लागि ८८ रनको साझेदारी गर्दै जितको आधार तयार पारे ।

राजविराज ब्रदर्सका बलर अनुज चुनरा र दिपेश कंडेलले समान दुई विकेट लिए पनि जितका लागि प्रयाप्त भएन । टस जितेर ब्याटिङ्ग गरेको राजविराज ब्रोदर्सले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन जोडे । जसमा अमितकुमार यादवले सर्वाधिक ३९ रन, प्रशान्त सिंहले २७ तथा निरजकुमार यादवले २६ रनको योगदान गरे ।

खडक वारियर्सका बलर अरनिको यादव र रविन सिंहले सामान ३ विकेट लिए । खेलको प्यलेयर अफ द म्याच बजाज वारियर्स अरनिको यादव घोषित भए ।

प्रतियोगिता उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी उपरीक्षक अभिनारायण काफ्ले, राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवती रमन शर्मा, खडक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुन्दन कर्ण, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठलगायत उपस्थित थिए ।

प्रतियोगिताअन्तर्गत शुक्रबार दुई वटा टिमबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । पहिलो खेल टीभीएस किंग्स राजविराज र राजविराज द किंग्स तथा दोस्रो खेल बजाज खडक वारियर्स र तिलाठी कोइलाडी जायन्टसबीच प्रतिस्पर्धा हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  १० : ३९ बजे

प्रत्यक्षतर्फ बढारिए ७० माथिका अधिकांश, चार जनाले जित्दा ज्येष्ठ सदस्य गुरुङ

काठमाडौं – प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा जेठा सांसद

प्रतिनिधिसभा सदस्य निर्वाचन : गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

गण्डकी– गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट

राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण भएको

अमरेशलाई मिराजको पत्र: ‘कांग्रेसले नै तपाईंलाई सम्मानको व्यवहार गरेको हो’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. अमरेशकुमार सिंहलाई ‘जेनजी’

गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय हो

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति गगनकुमार