फ्रेस जोडी : निराजन र मिरुना (फोटो फिचर) « Khabarhub

फ्रेस जोडी : निराजन र मिरुना (फोटो फिचर)


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली फिल्ममा कम तर  म्युजिक भिडियोमा देखिरहने अनुहारमा पर्छन्, निराजन प्रधान। 

उनले पाँच सय बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । यद्यपि फिल्ममा उनको उपस्थिति भिडियोको तुलनामा निकै कम छ । ह्यान्डसम मोडेलको ट्याग पाउने निराजनले फिल्मका लागि स्ट्रगल गरिरहेका छन् । उनी भिडियो हुँदै फिल्ममा आफ्नो उपस्थिति बलियो बनाउन प्रयासरत छन् । 

तर, अभिनेत्री मिरुना मगरको अवस्था फरक छ । उनी फिल्म मार्फत यसक्षेत्रमा भित्रिएकी हुन् । फिल्ममा अभिनय गरिरहेकी मिरुनाले संख्यात्मक हिसाबले पनि कमै भिडियोमा अभिनय गरेकी छिन् । उनी फिल्मबाट भिडियोमा आएकी हुन् । लालपुर्जा नामक फिल्म मार्फत यसक्षेत्रमा पाइला टेकेकी मिरुनाले त्यसपछि रोज, साइन, च च हुई, जारी, कबड्डी ४ : द फाइनल म्याचमा अभिनय गरिसकेकी छिन् । 

रिलिज भइसकेका फिल्महरु मार्फत दर्शक माझ कमै नोटिस भएकी मिरुना बाँकी रहेका दुई फिल्म जारी र कबड्डी ४ :द फाइनल म्याचबाट निकै आशावादी छिन् । यद्यपि उनी क्षमतावान भएकै कारण विस्तारै फिल्मकर्मीको नजरमा पर्दैछिन् । निराजन पनि मिरुना झैँ क्षमतावान हुँदा हुँदै पनि फिल्ममा भने बाक्लो उपस्थिति बनाउन सकेका छैनन् । 

क्षमता हुँदै हुँदै पनि आफ्नो कामलाई दर्शकमाझ नोटिस गराउन नसकेका निराजन र मिरुनाको जोडी खबरहबको फोटोसुटमा एउटै फ्रेममा कैद भएका छन् । दशकको फरकमा नेपाली फिल्म तथा म्युजिक भिडियोमा भित्रिएका निराजन र मिरुनाले हालै एक भिडियोमा समेत स्क्रिन सेयर गरेका छन् । 

यो जोडी एकअर्कासँग स्क्रिनमा पर्फेक्ट देखिएको प्रतिक्रिया सोसल मिडियामा दर्शकले दिइरहेका छन् । सफलताको पथमा रहेका यो जोडीको सुन्दर तस्बिरहरू इलामको चियाबगानमा लिइएको हो । जहाँ निराजनसँग मिरुनाको रोमान्टिक अवतार देख्न सकिन्छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ५ : ३९ बजे

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन

मध्यपूर्व तनावबीच लेबनान-इजरायलबीच रोममा नयाँ वार्ता

रोम– अमेरिकी मध्यस्थतामा लेबनान र इजरायलबीच मंगलबार इटालीको राजधानी रोममा

सरकारलाई सभामुखको निर्देशन- मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्नू

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्न सरकारलाई

चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

चितवन– जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलब ४१ प्रतिशत

‘सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि कोशेढुंगा’

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो