'व्यापार व्यवसायमा ब्राण्ड भनेको आफ्नै हुनुपर्छ' | Khabarhub Khabarhub

‘व्यापार व्यवसायमा ब्राण्ड भनेको आफ्नै हुनुपर्छ’



नेपालको सन्दर्भमा कुरा गर्नु पर्दा लगभग २३ वर्ष अगाडि र अहिलेमा निकै परिवर्तनहरु आएका छन् । पहिला ट्रेड मार्क दर्ता गर्न जाँदा पपुलर कुनै सिम्बोलका आधारमा ‘स्पिरिच्युल’ अर्थ लाग्ने कुराहरु हुन्थ्यो । तर त्यो ट्रेड मार्कको रुपमा दिइँदैन । राष्ट्रियता र राष्ट्रिय चिन्ह जस्ता कुराहरुमा ट्रेड दिने कुरा थिएन । धार्मिक आस्थाको हिसाबमा कुनै पनि दिदैन ।

तर यो दुई दशकको बीचमा के परिवर्तन आयो भने ‘चिफ साब’ आउनु भन्दा पहिला उहाँको विभागमा ओम, महादेव, जस्ता ट्रेडमार्कहरु दर्ता भए । त्यो बेला दर्ता गर्न दिईदैनथ्यो । तर कसैले गरिदियो । चाहे त्यसको अगाडि सानो अक्षरले केही लेखेर होस् या पछाडि ठुलो अक्षरले केही लेखेर होला । त्यो छुट्टै कुरा हो ।

ट्रेड मार्क भन्ने बित्तिकै ‘इन्टेलेक्चुयल राइट’को कुरा गर्नु पर्दा व्यापारको मुख्य इन्भेष्टमेन्ट नै त्यसैमा छ । नेपालमा अहिले आएर त केही सुधार त भएको छ । तर ‘ट्रेड रजिस्टर’ गर्न जाँदा खेरि उहाँहरूले ६ महिनाको समय लिनु हुन्छ । अहिले वेबसाइटमा प्रकाशित गर्ने र कुनै ‘अब्जेक्सन’हरुलाई ज्ञान र सिकाइका रुपमा लिनु हुन्छ । अनि बल्ल ट्रेड मार्क दिनुहुन्छ ।

तर अहिले पनि केही कुरामा सुधार हुन आवश्यक छ । वर्ग अनुसार कहिले काहीँ १७ नम्बरमा मैले एउटा प्रोडक्ट लिए भने त्यहिँ नम्बरमा अर्काेले अर्काे प्रोडक्टलाई दाबी गर्ने गर्दछ । त्यो किसिमको ‘क्राइटेरिया’लाई अलिकति हामीले स्वीकार गर्नुपर्छ । एउटै वर्गभित्र जुन वर्गीकरण छ । त्यसमा एउटा संस्थाभित्रको एउटा कम्पनीले त्यो ट्रेडमा ‘अक्वाड’ गरेपछि कहिलेकाहीँ यो ‘लेटर अफ कन्सर्न’ चाहिँदैन भन्ने पनि आयो ।

कहिले काँहरि बोर्डको निर्णयको कुरा पनि आयो । यो ट्रेडमार्क हाम्रो देशको विभिन्न सरकारी अफिसलाई चाहिन्छ, आवश्यकता पनि हुन्छ । सरकारी कार्यालयका अधिकारी विभिन्न उद्योग व्यापारका शाखामा गइराख्नु भएको छ ।

अर्को ‘डिपाट्मेन्ट नेश्नल ब्युरो अफ स्ट्यान्डर्ड’ पनि छ । तर त्यहाँ पनि उहाँहरु ट्रेड मार्क रजिस्ट्रेसन भएको सर्टिफिकेट दिनूस् भन्नु हुन्छ । त्यो सर्टिफिकेट लिँदाखेरी के हुन्छ भने हिजोको दिनमा उत्पादन गर्दा एउटै संस्थाभित्रको कम्पनीलाई ट्रेडमा रजिष्टर आवश्यक छैन भनेर उहाँहरूले भनिराख्नु भएको थियो ।

तर अहिले आएर जुनसुकै ‘प्रोडक्ट’लाई पनि माग्न थाल्नु भयो । यसबाट के हुन्छ भने एउटा कम्पनीले पाँच गरी सामान बनाउँछ भने उहाँहरूले यो सबैमा टे्रडमार्क चाहिन्छ भन्नु भयो । एउटा ट्रेडमार्क अलिकति अगाडि बड्ने बित्तिकै त्यसलाई फ्लो गर्ने प्रविधि धेरै छ । किनभने त्यो चाहिँ ‘इन्टरपेनरसिप’को अलिकति ‘सर्ट–भिजन’ हो भन्नुपर्छ । कुनै पनि इन्डस्ट्रिज र ब्राण्डलाई अगाडी बढाउँदा हामीलाई ‘हार्ड–डिजायर कम्युनिकेशन’ पनि चाहिन्छ । यो कुरा हामी धेरै इन्टप्रेनरहरुले बिर्सन्छौँ ।

मेरो नेपाटपको ब्राण्ड जसरी अगाडि बढाएँ । ब्रजर भनेर राखेको भए अलि असुहाँउदो हुन्थ्यो होला । जुन फड्को आजसम्म मार्न सके । यदि कसैको ब्राण्ड मैले क्यारी गरेको भए, उपभोक्ताले मनैदेखि स्वीकार्दैनन् । अरुको ब्राण्डलाई क्यारी गरेर अगाडि बढ्न सकिदैन । ब्राण्ड भनेको आफ््नै हुनुपर्दछ ।

म नेपाल चेम्बर अफ कमर्शको उपाध्यक्ष हिसाबमा आज भन्दा १२ वर्ष अगाडि उद्योग विभागले ‘आयल नन् ब्राण्ड’लाई फेरि प्रिजब गरौं भनेर उहाँहरूले प्रस्ताव गर्नुभयो । हामीले आयल नन् ब्राण्ड भनेर तपाईहरुले कसरी मान्नु हुन्छ ? केरलामा त ओयल नन् ब्राण्ड हुन सक्छ । त्यहि भाषामा लेखेको छ कि ? मद्रासमा मद्रासीमा लेखेको होला । त्यसकारण ‘इन्टरनेश्नल ब्राण्ड रिकगनाइज’ गर्न सक्दैनौँ भनेको थिएँ । किनकी यो स्थानीय ठाँउमा आएर अहिले उद्योग विभागले आफ्नो आइपीको डायसपीयालाई ठूलो गरेर वेबसाइटमा त हेर्न सक्छौँ नि ।

त्यसैले यो इन्टरप्रेनरशिपको विकास गर्नुपर्छ । त्यो इच्छा राखेर मात्रै हुँदैन । हाम्रो जस्तो देशमा जाँदा सबैले त्यसलाई महत्व दिन्छन् भन्ने पनि हुँदैन । किनकि हाम्रो देशमा हाम्रो ब्राण्डलाई त अरुले ‘रिस्टोर’ गरिदिन सक्छ भने उहाँहरुको ब्राण्डलाई बचाएर राख्न सक्छौँ भन्ने ग्यारेन्टी दिन सक्दैनौँ ।

[खबरहबद्धारा आयोजित व्यापार व्यवसायको विकास र ट्रेडमार्कको महत्व’का विषयमा आयोजित कार्यक्रममा नेपाटपका संस्थापक समेत रहेका दीपक श्रेष्ठले राखेको धारणाको सम्पादित अंशः]

(प्रस्तुती : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १२ : ०२ बजे

अमेरिकाद्वारा रुसमाथि नयाँ प्रतिबन्धको घोषणा

वाशिङ्टन – युक्रेनमा रुसले विशेष सैन्य कारबाही शुरु गरेको दोस्रो

परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच

मकवानपुरमा पर्खालले च्यापिएर एक जनाको मृत्यु

मकवानपुर – खानेपानीको काम गर्ने क्रममा मकवानपुरको हेटौँडामा आज एकजनाको

३४ विमानस्थलमा नेपाल टेलिकमको ‘फ्री वाइफाइ’

काठमाडौं । नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा फ्री वाइफाइ

शिक्षाबिना विकासको कल्पना गर्न सकिँदैन : मुख्यमन्त्री चौधरी

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शिक्षाबिना देश विकासको