‘मिचिएको भूमिबारे भारतसँग बोल्न पो ‘कूटनीतिक च्यानल’ चाहिन्छ, नेपाली थर्काउन मन्त्री नै पर्याप्त’ « Khabarhub

‘मिचिएको भूमिबारे भारतसँग बोल्न पो ‘कूटनीतिक च्यानल’ चाहिन्छ, नेपाली थर्काउन मन्त्री नै पर्याप्त’


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले निर्माण व्यवसायीको खुट्टा भाँच्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालको अभिव्यक्तिप्रति निन्दा गरेको छ ।

नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले सामाजिक सञ्जालमार्फत् मन्त्री लम्सालको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

नागढुंगा–मुग्लिन सडक खण्डको अवलोकनका क्रममा मन्त्री लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिने धम्की दिएका थिए ।

दुलालले प्रधानमन्त्रीले सार्वजनिक गरेको देश बनाउने टिमका सदस्यबाट त्यस्तो अभिव्यक्ति आउँदा नवयुवाले के सिक्ने भन्ने प्रश्न पनि गरेका छन् ।

‘हिजो प्रधानमन्त्रीले देश बनाउने तीन सदस्यीय जम्बो टोलीको फोटो सार्वजनिक गर्नुभएको थियो । त्यसलगत्तै एक सदस्य योद्धा मन्त्रीजीले निर्माण व्यवसायीको खुट्टा भाँच्न सार्वजनिक रुपमा निर्देशन दिनुभएछ’, दुलालले लेखेका छन्, ‘वाह ! विधिको शासन की धम्किको शासन मन्त्रीजी ! तपाईंको अभिव्यक्ति निन्दनीय छ । तपाईं देशको मन्त्री, युवाको आदर्श ! तपाईबाट नवयुवाले के सिक्ने ?’

सुकुम्वासी बस्तीमा अमानवीय आक्रमण, कैलालीमा टेम्पो भिरबाट गुल्ट्याउने र घरका छानामाथि ढुंगा हान्ने बहादुर सरकारले निर्माण व्यवसायीलाई खुट्टा भाँच्ने निर्देशन दिनु ठूलो कुरा नभएको टिप्पणी उनको छ ।

दुलालले अतिक्रमित भूमिबारे भारतसँग बोल्न डिप्लोम्याटिक च्यानल प्रयोग गर्नुपर्ने बताउने सरकारका मन्त्री नेपाली थर्काउन पर्याप्त रहेको बताए ।

सरकारको नेतृत्वकर्ता रास्वपा सभापति रवि लामिछानेतर्फ लक्षित गर्दै उनले भनेका छन्, ‘अतिक्रमित भूमिबारे भारतसँग बोल्न पो ‘डिप्लोम्याटिक च्यानल’ प्रयोग गर्नुपर्छ त नेपाली थर्काउन त मन्त्री नै पर्याप्त छन् नि होइन्, कि कसो सभापतिजी ?’

‘मिचिएको भूमिबारे भारतसँग बोल्न पो ‘कूटनीतिक च्यानल’ चाहिन्छ, नेपाली थर्काउन मन्त्री नै पर्याप्त’

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ४ : ५७ बजे

चीनमा डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

कुन्मिङ- दक्षिणपश्चिम चीनको युन्नान प्रान्तमा निजी स्वामित्वको डुङ्गा डुब्दा दुई जनाको

परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका