‘मिचिएको भूमिबारे भारतसँग बोल्न पो ‘कूटनीतिक च्यानल’ चाहिन्छ, नेपाली थर्काउन मन्त्री नै पर्याप्त’ « Khabarhub

‘मिचिएको भूमिबारे भारतसँग बोल्न पो ‘कूटनीतिक च्यानल’ चाहिन्छ, नेपाली थर्काउन मन्त्री नै पर्याप्त’


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले निर्माण व्यवसायीको खुट्टा भाँच्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालको अभिव्यक्तिप्रति निन्दा गरेको छ ।

नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले सामाजिक सञ्जालमार्फत् मन्त्री लम्सालको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

नागढुंगा–मुग्लिन सडक खण्डको अवलोकनका क्रममा मन्त्री लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिने धम्की दिएका थिए ।

दुलालले प्रधानमन्त्रीले सार्वजनिक गरेको देश बनाउने टिमका सदस्यबाट त्यस्तो अभिव्यक्ति आउँदा नवयुवाले के सिक्ने भन्ने प्रश्न पनि गरेका छन् ।

‘हिजो प्रधानमन्त्रीले देश बनाउने तीन सदस्यीय जम्बो टोलीको फोटो सार्वजनिक गर्नुभएको थियो । त्यसलगत्तै एक सदस्य योद्धा मन्त्रीजीले निर्माण व्यवसायीको खुट्टा भाँच्न सार्वजनिक रुपमा निर्देशन दिनुभएछ’, दुलालले लेखेका छन्, ‘वाह ! विधिको शासन की धम्किको शासन मन्त्रीजी ! तपाईंको अभिव्यक्ति निन्दनीय छ । तपाईं देशको मन्त्री, युवाको आदर्श ! तपाईबाट नवयुवाले के सिक्ने ?’

सुकुम्वासी बस्तीमा अमानवीय आक्रमण, कैलालीमा टेम्पो भिरबाट गुल्ट्याउने र घरका छानामाथि ढुंगा हान्ने बहादुर सरकारले निर्माण व्यवसायीलाई खुट्टा भाँच्ने निर्देशन दिनु ठूलो कुरा नभएको टिप्पणी उनको छ ।

दुलालले अतिक्रमित भूमिबारे भारतसँग बोल्न डिप्लोम्याटिक च्यानल प्रयोग गर्नुपर्ने बताउने सरकारका मन्त्री नेपाली थर्काउन पर्याप्त रहेको बताए ।

सरकारको नेतृत्वकर्ता रास्वपा सभापति रवि लामिछानेतर्फ लक्षित गर्दै उनले भनेका छन्, ‘अतिक्रमित भूमिबारे भारतसँग बोल्न पो ‘डिप्लोम्याटिक च्यानल’ प्रयोग गर्नुपर्छ त नेपाली थर्काउन त मन्त्री नै पर्याप्त छन् नि होइन्, कि कसो सभापतिजी ?’

‘मिचिएको भूमिबारे भारतसँग बोल्न पो ‘कूटनीतिक च्यानल’ चाहिन्छ, नेपाली थर्काउन मन्त्री नै पर्याप्त’

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ४ : ५७ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष