एमालेका काठमाडौँ मेयर उम्मेदवार स्थापितले दिए प्रदेशसभा सदस्यबाट राजीनामा | Khabarhub Khabarhub

एमालेका काठमाडौँ मेयर उम्मेदवार स्थापितले दिए प्रदेशसभा सदस्यबाट राजीनामा


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बागमती प्रदेश सभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिएका छन् ।

एमालेबाट काठमाडौँ महानगरको मेयरको उम्मेदवारी दिने पार्टीको निर्णयपछि उनी राजीनामा दिन आइतबार प्रदेश राजधानी हेटौँडा पुगेका थिए ।

राजीनामा पत्र उनले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई बुझाएका छन् ।

राजीनामापछि अब काठमाडौँ महानगरपालिकाको प्रमुख (मेयर) पदमा मनोनयन दर्ता गरिने स्थापितले बताए।

प्रदेशको पूर्वभौतिक पूर्वाधारमन्त्रीसमेत रहेका उनी काठमाडौँ महानगरपालिकाको दोस्रो पटक मेयरमा उम्मेदवारी दिन लागेका हुन् ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ११ : ३३ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई