काठमाडौँको काँडाघारीमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु « Khabarhub

काठमाडौँको काँडाघारीमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाठडौँ– काठमाडौँको काँडाघारीमा आइतबार बिहान मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–६ का अन्दाजी ३२ वर्षीय कमल आले मगर र अन्दाजी २२ वर्षीय गोपाल आले मगर रहेका छन् ।

दुवैको उपचारको क्रममा महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा बिहान सवा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवैजना सवार बा ५० प ९९३६ नम्बरको मोटरसाइकल आज बिहान साढे ५ बजे अनियन्त्रित भई काँडाघारी सोल्टीमोडस्थित बिजुलीको पोलमा ठक्कर खाएको प्रहरी प्रभाग काँडाघारीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १२ : ०५ बजे

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता

भदौ २३ को आन्दोलनमा हताहतीबारे ओलीका पाँच तर्क, सुरक्षाकर्मीले कानुनको पालना गरेको जिकिर

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते

हिमपातले रुकुम पूर्वको जनजीवन प्रभावित

रुकुम पूर्व– रुकुम पूर्वमा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ

हिमपातले किसान खुसी, जनजीवन भने कष्टकर

मनाङ– हिमाली जिल्ला मनाङमा हिमपात हुने महिना हो पुस र