ओटीटीमा उदाउँदै शिल्पा « Khabarhub

ओटीटीमा उदाउँदै शिल्पा


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हलिउडझै बलिउडमा पनि सिनेम्याटिक युनिभर्स बनाउने तयारीका साथ निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ तयार गरेका छन् ।

 ‘सिंघम’ बाट पुलिसको कथालाई फिल्ममा देखाइरहेका रोहितले त्यसलाई सिम्बा र सूर्यवंशीसम्म पुर्‍याइसकेका छन् । पुलिसकै कथामा तीनवटा फिल्मलाई दर्शकमाझ ल्याइरहेका रोहितले बलिउड फिल्ममा ‘कप युनिभर्स’ तयार गरिसकेका छन् ।

अब उनले हलिउड शैलीमा कप युनिभर्सलाई सानो पर्दामा समेत जोड्नेछन् । अमेजन प्राइम भिडियोसँगको सहकार्यमा रोहित शेट्टी पिक्चर्जले ‘इन्डियन पुलिस फोर्स’ नामक वेब सिरिज तयार गरिरहेका छन् । ठुलो पर्दामा देख्दै आइरहेको एक्सनलाई सिरिजमा ल्याउन लागेका रोहितले यसमा सिद्धार्थ मलहोत्रासँगै शिल्पा शेट्टीलाई समेत कास्ट गरेका छन् । 

शिल्पाले पनि फिल्ममा अफिसरकै भूमिका निर्वाह गर्नेछिन् । रविना टन्डन, माधुरी दीक्षित, जुही चावल पश्चात शिल्पाले पनि ओटीटीमा डेब्यु गरेकी हुन् । सिरिजलाई दर्शकको राम्रो साथ पाएमा रोहितले यसलाई ठुलो पर्दामा समेत इन्ट्री गराउनेछन् ।

पछिल्लो समय मार्भल स्टुडियोले आफ्नो नयाँ सुपर हिरोहरुलाई सिरिजको माध्यमले दर्शकसम्म ल्याइरहेको छ। वान्डा एण्ड भिजन, फाल्कन एण्ड विन्टर सोल्जर, लोकीको कथालाई दर्शकसम्म पुर्‍याएको मार्भलले अहिले  ‘मुननाइट’ मार्फत नयाँ सुपरहिरोलाई दर्शकसम्म ल्याईरहेको छ । यही शैलीमा रोहितले पनि कप युनिभर्सलाई सिरिजमा ल्याएका छन् ।

सिरिजमा सिद्धार्थ मलहोत्रालाई कास्ट गरिएको छ । सिद्धार्थ अभिनीत पछिल्लो फिल्म शेरशाह हिट भएपछि उनलाई पुलिसको भूमिका अफर भइरहेका छन् । प्रहरीको लुकेको वीरताको कथालाई रोहितले सिरिज मार्फत प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १ : ४७ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक