पूर्व न्यायाधीश श्रेष्ठको पुस्तक ‘जीवन र न्याय’ विमोचन « Khabarhub

पूर्व न्यायाधीश श्रेष्ठको पुस्तक ‘जीवन र न्याय’ विमोचन


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्व न्यायाधीश कुलबहादुर श्रेष्ठको पुस्तक ‘जीवन र न्याय’ शनिबार विमोचन गरिएको छ । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठका बुबा न्यायाधीश कुलबहादुर श्रेष्ठको जीवन भोगाइमा आधारित पुस्तक ‘जीवन र न्याय’ शनिबार एक कार्यक्रमका बीच समाजका लब्धप्रतिष्ठित व्यक्तिहरूले सामूहिक रुपमा विमोचन गरिएको हो ।

 चार भागमा विभाजन गरेर पस्किएको पुस्तकको पहिलो भागमा जीवनको सुरुवाती क्षणको पारिवारिक अवस्थाबारे चर्चा गरिएको छ ।  दोस्रो भागमा सम्पादक खड्काले लेखक श्रेष्ठले जागिर सुरु गर्दाको अवस्था र त्यस क्रममा भोगेका जीवनको कठिन भोगाइहरू समेटिएको छ ।  त्यस्तै पुस्तकको तेस्रो भागमा सरकारी जागिरपछिको अधिवक्ताको जीवनका भोगाई, चौथो भागमा न्यायाधीश भएपछिको अवस्था समेटिएको छ ।

पुस्तकमा न्यायाधीश श्रेष्ठले झगडियाहरूलाई कसरी सहमतिको बिन्दुमा ल्याए भन्ने केही उदाहरणहरू पेश गरिएको छ ।  पुस्तकको पाँचौ भागमा अवकाशपछिको जीवन र छैठौं भागमा जीवन अस्तित्वको निरन्तरताका विषयहरू समेटिएका छन् ।

लोकार्पण कार्यक्रममा पूर्व प्रधानन्यायाधीशहरु रामप्रसाद श्रेष्ठ, मीनबहादुर रायमाझी, लेखक कुलबहादुरका माइला छोरा तथा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, वरिष्ठ पत्रकार भैरव रिसाल, पूर्व महान्यायाधीवक्ता राघवलाल वैद्य तथा सम्पादक खड्काले पुस्तकमाथि चर्चा गरेका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १२ : ३१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै