आलियासँग काम गर्ने विषयमा बोले राजमौली  | Khabarhub Khabarhub

आलियासँग काम गर्ने विषयमा बोले राजमौली 


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही साता अगाडि बलिउड एक्ट्रेस आलिया भट्ट निर्देशक एसएस राजमौलीसँग रिसाएको खबर मिडियामा आयो । 

फिल्म ‘आरआरआर’ रिलिज भएपछि आफ्नो रोल छोटो भएको भन्दै आलिया रिसाएको र उनले आफ्नो समाजिक सञ्जालबाट फिल्मसँग सम्बन्धित पोस्टहरु हटाएको खबर एकाएक मिडियामा आएको थियो  ।

उनको इन्स्टाग्रामबाट ’आरआरआर’ का थुप्रै पोस्टहरु हटेका पनि थिए । ती खबरको बारेमा आलियाले सामाजिक सञ्जाल मार्फत यो सब गलत रहेको बताएकी थिइन् । ’इन्स्टाको ग्रिडको आधारमा सम्बन्धको बारेमा धारणा बनाउनु गलत हुन्छ । म सँधै मेरो इन्स्टाबाट पुराना पोस्टहरु हटाउने गरेकी छु । म आरआरआरसँग जोडिन पाउँदा आफूलाई निकै भाग्यमानी ठान्छु । किनकी फिल्मलाई राजामौली सरले निर्देशन गर्नु भएको छ’ आलियामा इन्स्टामा स्टोरी शेयर गर्दै लेखेकी थिइन् ।

आलियाले सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा व्यक्त गरेपछि निर्देशक राजमौलीले पनि आउँदा दिनमा सहकार्य हुन् सक्ने संकेत गरेका छन् ।’आलिया राम्री कलाकार हुन् । उनले अभिनय गर्दा म पनि मोहित हुने गरेको छु । आउँदो दिनमा कथाको डिमाण्ड भएमा म उनलाई अफर गर्छु । राम्रो फिल्म बनाउनु छ भने बाहिर आएका हल्ला होइन कलाकारको कलाकारिता हेर्नु पर्छ’ निर्देशक रजमौलीले भने । 

उनले बलिउड हंगामासँगको कुराकानीमा आफूलाई आलियासँग काम गर्न कुनै संकोच नरहेको बताएका छन् । एन्टीआर र राम चरणसँग काम गर्दा रमाइलो अनुभव भएको निर्देशक राजमौलीले बताएका छन् । उनले एउटा प्रोजेक्टको लागि दुई कलाकारले दिएको समयको पनि चर्चा गरे ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ५ : ३२ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित