सी डिभिजन लिगमा महावीर र प्लानिङले खेल बराबरीमा सकियो « Khabarhub

सी डिभिजन लिगमा महावीर र प्लानिङले खेल बराबरीमा सकियो


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक सी डिभिजन लिगमा महावीर क्लब र प्लानिङ ब्वाइज युनाइटेड बीचको खेल बराबरीमा सकिएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार दिउँसो भएको खेलमा महावीर र प्लानिङ बीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

खेलको तेस्रो मिनेटमा रोमन तामाङको गोलले महावीरले अग्रता लिएको थियो । पहिलो हाफमा अर्को गोल हुन सकेन ।

दोस्रो हाफमा भने प्लानिङले खेलमा पुनरागमन गर्‍यो । खेलको ५५ औँ मिनेटमा दिपेश श्रेष्ठको गोलको मद्दतले प्लानिङले खेल १–१ मा बराबरीमा पुर्यायो । खेलको बाँकी समयमा कुनै गोल हुन नसकेपछि बराबरीमा सकिएको हो ।

आज हुने अन्तिम खेलमा खालीबारी युथ फुटबल क्लब र स्पोर्ट्स एकेडेमी साँगा दिउँसो ४ बजे भिड्नेछन् ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ३ : ३५ बजे

जिरीबाट दुई घण्टामै पुगिने ताँँबेडाँडा (तस्बिरहरू)

काठमाडौं– दोलखाको धार्मिक तथा पर्यटकीय स्थल जिरीबाट नजिकै रहेको रामेछाप

राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह

काठमाडौं– गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा

समाचार र सूचनालाई विश्वसनीय बनाउन आग्रह

काठमाडौं– मिथ्या सूचनाविरुद्ध आयोजित दुईदिने सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले

फेक रेस्क्यूमा पक्राउ परे ट्राभल एजेन्सीका ६ जना सञ्चालक

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) फेक रेस्क्यूमा संलग्न