बक्सर माइक टाइसनले विमानभित्र यात्रुलाई मुक्कैमुक्का हानेपछि… « Khabarhub

बक्सर माइक टाइसनले विमानभित्र यात्रुलाई मुक्कैमुक्का हानेपछि…


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व हेभिवेट बक्सर माइक टाइसनले विमानभित्र एक यात्रुलाई मुक्कै मुक्का हानेका छन् । आफूमाथि पानीको बोतल फालेपछि टाइसनले ती यात्रुलाई मुक्का प्रहार गरेको उनका प्रवक्ताले दाबी गरेका छन् ।

घटनाका दौरान विमानमा खिचिएको एउटा भिडियोमा टाइसनले एकजना अज्ञात व्यक्तिलाई बारम्बार मुक्का प्रहार गरेको देखिन्छ । त्यस्तै, आफ्नो सिटमा उनी टाउको झुकाएको पनि देखिन्छन् । 

टाइसनको ‘एक आक्रामक यात्रुसँग विवाद’ भएको र ती यात्रुले टाइसनलाई ‘दुर्व्यवहार’ गरेको उनको प्रवक्ताले जनाएका छन् । प्रहरी परिचालन गरी दुबै जनालाई केही समय नियन्त्रणमा लिइएको थियो ।

एकजनालाई क्यालिफोर्निया राज्यको सन फ्रान्सिस्को शहरमा उपचार भइरहेको बीबीसीले जनाएको छ । 

घटनाबारे विस्तृत विवरण नदिइएको र प्रहरी अनुसन्धानलाई सहयोग नगरेको सान फ्रान्सिस्को प्रहरी विभागका प्रवक्ताले बताएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ४ : ०० बजे

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाया : सर्वेक्षण

लुम्बिनी– लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा

बालाजुमा सडक पिच गर्ने चटारो (तस्बिरहरू)

काठमाडौं– चोकदेखि प्रहरी चौकीसम्मको सम्पूर्ण सडक कालोपत्र सम्पन्न भएको छ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल