जेलेन्स्कीको भनाइ– ‘पुटिसँग भेट गर्न डराएको छैन’ « Khabarhub

जेलेन्स्कीको भनाइ– ‘पुटिसँग भेट गर्न डराएको छैन’


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भेटका लागि आफू तयार रहेको दोहोर्‍याएका छन् ।

राजधानी किभको भूमिगत रेल स्टेशनमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति जेलेन्स्कीले पुटिनसँग भेट गर्न आफू तयार रहेको बताएका हुन् ।

‘मेरो विचारमा जसले यो युद्ध शुरु गरेको हो, उसले यसको अन्त्य पनि गर्न सक्छ ।’ उनले भने ।

रुस र युक्रेनबीच शान्ति स्थापन हुने भए पुटिनसँग भेट गर्न आफू नडराउने उनले बताए । ‘शुरुदेखि नै मैले रुसी राष्ट्रपतिसँग कुरा गर्न चाहिरहेको छु ।’ उनलाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

‘उनीसँग भेट गर्नु मेरो चाहना होइन, म उनीसँग भेट गर्न चाहन्छु ता कि यो द्वन्द्व कूटनीतिक माध्यमबाट समाधान होस् ।’ उनले भने, ‘हामीलाई साझेदारहरुप्रति भरोसा छ तर रुसप्रति कुनै भरोसा छैन ।’

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ४ : ३६ बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो