रुसी कमाण्ड पोस्टमा युक्रेनले आक्रमण गर्दा रुसका दुई जर्नेल मारिए « Khabarhub

रुसी कमाण्ड पोस्टमा युक्रेनले आक्रमण गर्दा रुसका दुई जर्नेल मारिए


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी सेनाले रुसी सैनिक कमाण्ड पोस्टलाई लक्षित गरी आक्रमण गर्दा दुई वरिष्ठ रुसी सैनिक अधिकारी मारिएका छन् ।

युक्रेनबाट रुसले कब्जामा लिएको दक्षिणी शहर खेर्सनमा रहेको रुसी सैनिक कमाण्ड पोस्टलाई लक्षित गरी आक्रमण गरिएको युक्रेनी सेनाले जनाएको हो ।

आक्रमणका क्रममा रुसी सेनाका दुई जर्नेलहरु मारिएको बताइएको छ । समाचार संस्था एपीका अनुसार युक्रेनी सेनाले आक्रमणका क्रममा अर्का एक जर्नेल घाइते भएको दाबी गरिएको छ । हताहत भएको भनिएका जर्नेलहरुको पहिचान हुन सकेको छैन ।

आक्रमणका बेला उक्त कमाण्ड पोस्टमा ५० भन्दा धेरै वरिष्ठ रुसी सैनिक अधिकारीहरु रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार ओलेक्सेई एरेस्तोभिचले जनाएका छन् ।

उनीहरुको अवस्था अज्ञात रहेको उनको भनाइ छ । यसबारे रुसी पक्षबाट कुनै टिप्पणी नआएको एपीले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ५ : ०२ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले