तालमेलप्रति कांग्रेस नेता केसीको असन्तुष्टि, पाँचबुँदे फरक मत « Khabarhub

तालमेलप्रति कांग्रेस नेता केसीको असन्तुष्टि, पाँचबुँदे फरक मत


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले केन्द्रीय कार्यसम्पादन समितिमा पाँचबुँदे फरक मत राखेका छन् । उनले सभापति शेरबहादुर देउवालाई लेखेको पत्रमा स्थानीय तह निर्वाचनमा चुनावी तालमेलप्रति असन्तुष्टि जनाएका छन् ।

उनले स्थानीय तहलाई निर्वाचन गठबन्धन र तालमेलबारे ‘स्थानीय अवस्था र आवश्यकता’लाई हेरी निर्णय गर्न प्रत्यायोजित गरेको अधिकार र स्थानीय एकाईको निर्णयविरुद्ध केन्द्रीय हस्तक्षेप भएको आरोप लगाएका छन् ।

त्यस्तै महानगरपालिका र उपमहानगरपालिकाको पाँच पार्टी गठबन्धनबीच भएको तालमेल र भागबण्डाको मापदण्ड कांग्रेसको कार्यसम्पादन समितिमा प्रस्तुत नभएकोसमेत उनको आरोप छ ।

महानगरपालिका र उपमहानगरपालिकामा उम्मेद्वारीको टिकट वितरणमा पार्टीको वैधानिक प्रक्रिया अवलम्बन नगरिएको, पदाधिकारी वा पूर्वपदाधिकारी लगायत पार्टी विधानमा कुनै स्थान नरहेका, संसदीय समिति गठन नै नभएको र कार्यसम्पादन समिति वा केन्द्रीय कार्यसमितिमा छलफल नभई अन्तिम दिन प्रस्तुत प्रस्तावको प्रक्रियामा लगिएको उनको आरोप छ ।

कांग्रेसको विधानको धारा ३० र ३१ मा जिल्ला संसदीय समिति, प्रतिनिधिसभा निर्वाचनक्षेत्रको संसदीय समितिमा सम्बन्धित जिल्ला र क्षेत्रका केन्द्रीय कार्यसमितिका सदस्य पदेन रहने व्यवस्था छ ।

त्यस्तै सम्बन्धित जिल्लाभित्रका केन्द्रीय कार्यसमितिका सदस्यहरू, प्रदेश संसदीय समितिका बैठकमा सम्बन्धित जिल्लाका विषयमा निर्णय गर्दा सो जिल्लाको केन्द्रीय सदस्यलाई आमन्त्रण गर्नुपर्ने वैधानिक व्यवस्था छ, तर धेरै ठाउँमा यो प्रक्रिया अवलम्बन नगरिएको उनको भन्दै उनले फरक मत राखेका छन् ।

निर्वाचनमा उम्मेदवारी दिने दिन नै प्रस्ताव प्रस्तुत हुने परम्परा औपचारिकता मात्र भएकोले उक्त विषय र प्रक्रियामा आफ्नो फरक मत रहेको उनले बताएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ५ : १७ बजे

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

रास्वपाबारे खुश्बु ओली : धोका पायौँ, अबदेखि विश्वास गर्नै नसकिने उदाहरण बन्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले राष्ट्रिय