जापानमा डुङ्गा बेपत्ता, १० जनाको मृत्यु भएको पुष्टि | Khabarhub Khabarhub

जापानमा डुङ्गा बेपत्ता, १० जनाको मृत्यु भएको पुष्टि


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तरी जापानमा हराइरहेको डुङ्गाका १० जनाको मृत्यु भएको पुष्टि भएको छ । जापानी उद्धारकर्ताहरुलाई उद्धृत गर्दै समाचार संस्था एपीले १० जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

होक्काइदो टापुस्थित शिरेतोको प्रायद्वीपको तटपारी डुङ्गा बेपत्ता भएको बीबीसीले जनाएको छ । मारिनेमध्ये सातजना पुरुष तथा तीनजना महिला रहेको जनाइएको छ ।

२६ जना बोकेको काजु १ नामक पर्यटकीय डुङ्गा शनिबार अपराह्न १ बजेबाट हराइरहेको जापानी अधिकारीले जनाएका छन् । उक्त डुङ्गामा २४ यात्रु र चालक दलका २ सदस्य रहेको बीबीसीले जनाएको छ । यात्रुमध्ये दुई जना बालबालिका रहेको बताइएको छ ।

उक्त डुङ्गा अस्थिर समुद्र र चट्टानी तटका कारण डुबेको हुनसक्ने अनुमान गरिएको छ । होक्काइदो टापुको शिरेतोको प्रायद्वीपमा ह्वेल माछा, सि लायन, खैरो भालु र अन्य आकर्षक स्थानको भ्रमण गर्नका लागि ठूलो संख्यामा पर्यटक आउने बताइन्छ ।

हराइरहेका बाँकी २६ जनाको खोजी कार्य जारी छ । यता जापानको यातायात मन्त्रालयले भने घटनाको अनुसन्धान थालिएको जनाएको छ ।

राब मौसमका बावजुद उक्त डुङ्गा सञ्चालकलाई कसरी डुङ्गा चलाउन दिइयो भन्नेबारे छानबिन भइरहेको यातायात मन्त्रालयलाई उद्धृत गर्दै एपीले जनाएको छ ।

गत वर्ष शिरेतोको प्लेजर क्रुज नामक डुङ्गा सञ्चालक कम्पनीले दुई वटा दुर्घटना व्यहोरेको एपीले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ५ : ४० बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा