साहित्यकार लक्ष्मण राजवंशीको सालिक अनावरण « Khabarhub

साहित्यकार लक्ष्मण राजवंशीको सालिक अनावरण


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वरिष्ठ शिक्षाविद्, साहित्यकार तथा संस्थापक प्राचार्य लक्ष्मण राजवंशीको आइतबार सालिक अनावरण गरिएको छ । 

सिद्धार्थ बनस्थली स्कुलमा आइतबार उनको सालिक अनावरण गरिएको हो । उनले सिद्धार्थ बनस्थली माध्यामिक स्कुलमा लामो समय संस्थापक प्राचार्यको रुपमा काम गरेका थिए । उनका नेपाली, अग्रेजी र नेवारी भाषामा ३४ वटा पुस्तक प्रकाशित भएका छन्। उनको निधन २०७८ वैशाख ११ गते भएको थियो । 

आइतबार उनको वार्षिक पुण्य तिथिको अवसर पारेर उनको अन्तिम नेवारी भाषाको पुस्तक (कुली सह याएकु) विमोचन गरिएको छ । 

पुस्तक को विमोचन प्राध्यापक केदार भक्क्त माथेमाले गरेका छन् । उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापाको पनि उपस्थिति रहेको थियो। 

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ५ : ५२ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल