मकवानपुरमा गठबन्धनले भागबण्डा मिलायो « Khabarhub

मकवानपुरमा गठबन्धनले भागबण्डा मिलायो


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– सत्ता गठबन्धनले मकवानपुरका सबै स्थानीय तहको भागबन्डा टुंग्याएको छ ।

आइतबार बसेको पाँच दलीय गठबन्धनको बैठकले ९ वटै पालिकाको प्रमुख र उपप्रमुखको भागबण्डा टुंगो लगाएको हो ।

हेटौंडा उपमहानगरपालिकाको भने गठबन्धनको केन्द्रीय बैठकले यसअघि नै टुंगो लगाइसकेको थियो । हेटौंडाको मेयर नेकपा एकीकृत समाजवादी र उपमेयर नेपाली कांग्रेसको भागमा परेको थियो ।

बैठकबाट मकवानपुरका बाँकी ९ स्थानीय तहमध्ये पाँच वटा पालिकाको प्रमुख कांग्रेसले पाउने सहमति भएको हो । तीन वटा पालिकामा माओवादी केन्द्र र एउटामा एकीकृत समाजवादीले अध्यक्ष पाउने भएका छन् ।

कांग्रेसले मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका र बकैया गाउँपालिकाको प्रमुख पाउने सहमति भएको छ भने नेकपा माओवादी केन्द्रले थाहा नगरपालिका, भिमफेदी गाउँपालिका, बागमती गाउँपालिकाको प्रमुख पाउने सहमति भएको छ भने नेकपा एकीकृत समाजवादीले ईन्द्रसरोवर गाउँपालिका पाउने सहमति भएको हो ।

त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसले थाहा नगरपालिका, भिमफेदी गाउँपालिका, ईन्द्रसरोबर गाउँपालिका, बागमती गाउँपालिका पाउने छ भने नेकपा माओवादीले मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, बकैया गाउँपालिका पाउने सहमति भएको छ । नेकपा एसले कुनै पनि पालिकाको उपप्रमुख पाएको छैन ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ५ : ५० बजे

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत

कांग्रेस महाधिवेशन : विश्वप्रकाशको प्रतिवेदनमा १५ प्रतिज्ञा र १५ संकल्प, थप के छ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सोमबार भएको बन्दसत्रमा

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री

४५ दिनको सेड्युल, ४० दिनमै सकियो ‘शुभ विवाह’को छायांकन

काठमाडौं– निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘शुभ विवाह’

इजरायलमा तीन वर्षमा १ हजार ३१८ सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ– इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ देखि जारी