सदर चिडियाखाना : जनावर तथा पन्छीको लागि १ वर्ष सम्म आहाराको प्रायोजन | Khabarhub Khabarhub

सदर चिडियाखाना : जनावर तथा पन्छीको लागि १ वर्ष सम्म आहाराको प्रायोजन


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– नेपाल टेलिकमले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखाना जाउलाखेलमा रहेको जनावर तथा पन्छीको लागि १ वर्ष सम्म आहाराको प्रायोजन गरेको छ ।  

No description available.

यस सम्बन्धी सम्झौता पत्रमा आइतबार नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यवसायिक अधिकृत संगीता पहाडी र सदर चिडियाखाना जाउलाखेलको तर्फबाट निर्देशक रचना शाहले हस्ताक्षर गरेका छन् । सो अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारी र दुवै संस्थाका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । 

 सो अवसरमा प्रमुख अधिकृत पहाडीले नेपाल टेलिकम र सदर चिडियाखानाबीच आगामी दिनमा समेत आपसी हित अभिवृद्धि हुने गरी विभिन्न कार्यक्रम गर्न सकिने र यो सुरुवात भएको बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीले धेरै पर्यटकहरूको उपस्थिति हुने सदर चिडियाखानामा नेपाल टेलिकमसँगको सम्झौताले दुवै पक्षलाई पुग्ने र कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कम्पनीबाट प्राप्त यो सहयोगलाई राष्ट्रिय संरक्षण कोषले सदुपयोग गर्ने विश्वास दिलाए । 

  सम्झौता अनुसार नेपाल टेलिकमले चिडियाखानामा रहेको एउटा बाघ र अन्य जनावर तथा पन्छीहरूको लागी १ वर्ष सम्म आहारको व्यवस्थाका लागी रकम उपलब्ध गराउने छ । 

नेपाल टेलिकमले समय–समयमा विभिन्न वर्ग तथा क्षेत्रलाई लक्षित गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ६ : ४६ बजे

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु

युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप

‘गाउँभन्दा शहरको गरिबी भयानक, जहाँ घर जोडिन्छ मन जोडिँदैन’

काठमाडौं– निर्देशक दीपेन्द्र के खनालमाथि एउटा भाष्य बनेको छ– उनीसँग

कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य

दाङ – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्यले कम्युनिस्ट

फणिराज पाठकले भने : पूर्वराजालाई नजरबन्द गरिएको समाचार झुठो हो

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा नजरबन्द गरिएको समाचार