रुसबाट सिरिया जाने रुसी विमानलाई टर्किस आकाशमा प्रतिबन्ध « Khabarhub

रुसबाट सिरिया जाने रुसी विमानलाई टर्किस आकाशमा प्रतिबन्ध


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टर्कीले रुसबाट सिरिया जाने सैनिक तथा नागरिक उडानका लागि आफ्नो आकाशको प्रयोगमा प्रतिबन्ध लगाएको छ । टर्कीका विदेशमन्त्री मेल्भत चाभुसोग्लुले यसबारे जानकारी दिएका हुन् ।

‘हामीले हाम्रो आकाशलाई रुसका सैनिक विमानहरुका लागि – नागरिक विमानका लागि पनि – सिरियातर्फ जान बन्द गरेका छौँ ।’ चाभुसोग्लेलाई उद्धृत गर्दै टर्किस सञ्चारमाध्यमले जनाएका छन्, ‘उनीहरुसँग अप्रिलसम्मको समय थियो र हामीले मार्चमा यसबारे सोधेका थियौँ ।’

यसबारे रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभलाई जानकारी गराइएको र विदेशमन्त्री लाभ्रोभले यस जानकारीलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसम्म पुर्‍याउने चाभुसोग्लुले जनाएका छन् ।

‘एक वा दुई दिनपछि उनीहरुले भने– पुटिनले आदेश जारी गरेका छन्, हामी उडान भर्दैनौँ ।’ ल्याटिन अमेरिकी मुलुक उरुग्वे जानेक्रममा टर्किस विदेशमन्त्रीले भने ।

उनका अनुसार यस प्रतिबन्ध तीन महिनासम्म चल्नेछ । यसबारे रुसी पक्षबाट कुनै प्रतिक्रिया नआएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

रुसले सिरियाली विद्रोहीविरुद्ध राष्ट्रपति बसार अल असदको सत्तालाई सैनिक सहयोग गर्दै आएको छ भने टर्कीले सिरियाली राष्ट्रपतिविरुद्ध लड्दै आएका विद्रोहीहरूलाई समर्थन गर्दै आएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ६ : ३४ बजे

अनुराग डोभाल पक्राउ, श्रीमतीका भाइलाई कुटपिट र ज्यान मार्ने प्रयासको आरोप

काठमाडौं– भारतीय रियालिटी शो ‘बिग बोस’बाट चर्चामा आएका युट्युबर अनुराग

मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान

इस्लामाबाद– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८