रुसबाट सिरिया जाने रुसी विमानलाई टर्किस आकाशमा प्रतिबन्ध | Khabarhub Khabarhub

रुसबाट सिरिया जाने रुसी विमानलाई टर्किस आकाशमा प्रतिबन्ध


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टर्कीले रुसबाट सिरिया जाने सैनिक तथा नागरिक उडानका लागि आफ्नो आकाशको प्रयोगमा प्रतिबन्ध लगाएको छ । टर्कीका विदेशमन्त्री मेल्भत चाभुसोग्लुले यसबारे जानकारी दिएका हुन् ।

‘हामीले हाम्रो आकाशलाई रुसका सैनिक विमानहरुका लागि – नागरिक विमानका लागि पनि – सिरियातर्फ जान बन्द गरेका छौँ ।’ चाभुसोग्लेलाई उद्धृत गर्दै टर्किस सञ्चारमाध्यमले जनाएका छन्, ‘उनीहरुसँग अप्रिलसम्मको समय थियो र हामीले मार्चमा यसबारे सोधेका थियौँ ।’

यसबारे रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभलाई जानकारी गराइएको र विदेशमन्त्री लाभ्रोभले यस जानकारीलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसम्म पुर्‍याउने चाभुसोग्लुले जनाएका छन् ।

‘एक वा दुई दिनपछि उनीहरुले भने– पुटिनले आदेश जारी गरेका छन्, हामी उडान भर्दैनौँ ।’ ल्याटिन अमेरिकी मुलुक उरुग्वे जानेक्रममा टर्किस विदेशमन्त्रीले भने ।

उनका अनुसार यस प्रतिबन्ध तीन महिनासम्म चल्नेछ । यसबारे रुसी पक्षबाट कुनै प्रतिक्रिया नआएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

रुसले सिरियाली विद्रोहीविरुद्ध राष्ट्रपति बसार अल असदको सत्तालाई सैनिक सहयोग गर्दै आएको छ भने टर्कीले सिरियाली राष्ट्रपतिविरुद्ध लड्दै आएका विद्रोहीहरूलाई समर्थन गर्दै आएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ६ : ३४ बजे

नेप्सेमा देखियो समस्या, केहीबेरमा समाधान हुने 

काठमाडौं–नेपाल स्टक एक्चेञ्जमा समस्या देखिएको छ । नेप्से बन्द हुनु

फेरि सर्‍यो प्रतिनिधिसभा बैठक 

काठमाडौं– सत्तापक्ष र प्रतिपक्षबीच सहकारी ठगी प्रकरण छानबिनका लागि गठन

प्रधानमन्त्रीको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च पुगे उपेन्द्र

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित 

काठमाडौं– संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा बैठक स्थगित भएको

कांग्रेस भन्छ– संसदीय समिति गठनमा रास्वपा लचिलो, एमाले सशंकित

काठमाडौं– सहकारी ठगी प्रकरण अघि सारेर संघीय संसदमा आन्दोलनरत प्रमुख