काठमाडौँ महानगरपालिकाको प्रमुखमा १६ जनाको उम्मेदवारी « Khabarhub

स्थानीय तह निर्वाचन

काठमाडौँ महानगरपालिकाको प्रमुखमा १६ जनाको उम्मेदवारी

उपप्रमुखमा १७ जना


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाको प्रमुखमा १६ जनाले उम्मेदवारी दिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा उपप्रमुखमा १७ जनाको उम्मेदवारी परेको छ । यस्तै १३ वडाध्यक्ष र सात वडा सदस्यले समेत उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिए। प्रमुखमा स्वतन्त्रतर्फका नौ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न राजनीतिक दलका तर्फबाट सात जनाको उम्मेदवारी परेको छ । प्रमुखमा १२ पुरुष र चार महिलाले उम्मेदवारी दिएका छन् ।

ठूला राजनीतिक दलका प्रतिनिधिले मनोनयन दर्ता गराएका छैनन् । निर्वाचन आयोगले सोमबार अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनयन गर्न सक्ने व्यवस्था गरेको छ । ठूला दलका प्रतिनिधिले सोमबार मात्र उम्मेदवारी दिने बताइएको छ ।

कामपाको प्रमुखमा राष्ट्रिय यथार्थवादी पार्टीका तर्फबाट आनन्दराज जोशी, विवेकशील साझा पार्टीबाट समीक्षा बास्कोटा, आधुनिक नेपाल समाजवादी पार्टीबाट सुरेशरत्न बज्राचार्य, नेपाल समावेशी पार्टीबाट रामबहादुर खड्का, मङ्गोल नेशनल अर्गनाइजेसनबाट सीता तामाङ, मौलिक जिरोकिलो पार्टीबाट मनोजराज आचार्य र सचेत नेपाल पार्टीबाट डिल्लीराज राजभण्डारीले उम्मेदवारीदिएका छन्।

यस्तै स्वतन्त्ररुपमा राजन कार्की, रवीकान्त मानन्धर, बालेन्द्र शाह, ज्ञानमाला तामाङ, सुमन सायमी, अमोट महर्जन, विपिनराज वैद्य, सूर्य थापा (श्रेष्ठ) र जेठा महर्जनको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ७ : ४१ बजे

हर्मुज विवादले मध्यपूर्वमा सुरक्षा चुनौती गहिरियो

एजेन्सी– विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग स्ट्रेट अफ हर्मुजको

चोरी भएका ५१ सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट चोरी

नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु,  परराष्ट्रमन्त्री खनालले गरे शुभारम्भ

काठमाडौं– सरकारको नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु गरेको छ

मिडिया हाउसका गेटमै बेवारिसे कार, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं– काठमाडौंका विभिन्न सञ्चारगृहको कार्यालय प्रवेशद्वारमा बेवारिसे अवस्थामा निजी कार

पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध

ढोरपाटन– राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका–८