काठमाडौं– पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले हेलिकोप्टर सवारीमा मात्रै ५५ करोड पाकिस्तानी रुपैयाँ खर्च गरेको खुलासा भएको छ ।
पाकिस्तानका अर्थमन्त्री मिफ्ता इस्माइलले यसको खुलासा गरेका हुन् । सत्तामा रहँदा उनले कार्यालयबाट बानी गालास्थित आफ्नो घरसम्म जानका लागि उनले हेलिकोप्टर प्रयोग गर्दै आएको बताइएको छ ।
शमा टेलिभिजनलाई दिएको अन्तर्वार्तामा अर्थमन्त्री इस्माइलले बताएअनुसार हेलिकोप्टरको इन्धनमा पैसा खर्च गरिएको थियो ।
यसअघि सरकारमा रहँदा पनि इमरान खानले हेलिकोप्टर प्रयोग गर्ने गरेको आरोप लाग्दै आएको थियो । यद्यपि तत्कालीन अर्थमन्त्री फवाद चौधरीले उनको हेलिकोप्टर सवारी खर्च केबल ५५ पाकिस्तानी रुपैयाँ पर्ने भन्दै बचाउ गरेका थिए ।
प्रतिक्रिया