सी डिभिजनमा खालिबारी र साँगाको बराबरी | Khabarhub Khabarhub

सी डिभिजनमा खालिबारी र साँगाको बराबरी


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक सी डिभिजन लिगमा खालिबारी युथ फुटबल क्लब र स्पोर्ट्स एकेडेमी साँगाले बराबरी खेल्दै अंक बाँडेका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार दिउँसो भएको खेलमा खालीबारी र साँगाबीचको खेल २–२ गोलको बराबरीमा सकिएको हो ।

साँगाका लागि समन श्रेष्ठले २ गोल गरे भने खालिबारीका लागि दिवस बोहोरा र सुनिल केसीले १–१ गोल गरे । खेलको १२ औँ मिनेटमा समनको गोलले खालीबारीले अग्रता लियो । साँगालाई दोब्बर अग्रता दिलाउन समनले खेलको ६२ औँ मिनेटमा दोस्रो गोल गरे ।

तर, खेलमा सम्हालिन नसक्दा साँगाले २ गोलको क्षतिको सामना गर्नु पर्‍यो । खेलको ८२ औँ मिनेटमा दिवसले खालिबारीका लागि पहिलो गोल गरे । सुनिलले खालिबारीका लागि ८९ औँ मिनेटमा दोस्रो गोल गरे ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ८ : ४५ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको