एमाले र बीपी कांग्रेसबीचको गठबन्धनप्रति ओझाको असन्तुष्टि « Khabarhub

एमाले र बीपी कांग्रेसबीचको गठबन्धनप्रति ओझाको असन्तुष्टि


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डेल्धुरामा दुई भागमा बाँडिएको नेपाली कांग्रेसको एक पक्षले नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि नेकपा एमालेका नेता तथा अमरगढी नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ओझाले नेकपा एमाले डडेल्धुरा र नेपाली कांग्रेस मल्ल समूहबीच अमरगढी नगरपालिकामा गरिएको सहमतिप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

ओझाले बिना परामर्श गरिएको कथित सहमतिकाविरुद्ध सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् । कांग्रेसमा देउवासँग पहिलैदेखि रुष्ट बनेको पूर्वजिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले काँग्रेस बिपीमा प्रवेश गरी एमालेसँग गठबन्धन गरेको हो ।

आइतबार भएको दुई पक्षीय बैठकले जिल्लाका सात वटै स्थानीय तहमा चुनावी तालमेल गर्न निर्णयसँगै भागबन्डा गरेको छ । जसअनुसार जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकामा बिपी काँग्रेसबाट हरिप्रसाद भट्ट नगरप्रमुखमा र एमालेका यज्ञराज अवस्था उपप्रमुखमा चुनाव लड्ने भएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ९ : ५८ बजे

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार

आज २०८२ साल पुस ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा