महँगा निर्देशक | Khabarhub Khabarhub

महँगा निर्देशक


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली फिल्ममा अभिनेताले महँगो पारिश्रमिक पाउने गरेका छन् ।

अनमोल केसी, प्रदीप खड्का, सौगात मल्ल, विपिन कार्की, दयाहाङ राईलगायतका अभिनेताहरूले महँगो रकम लिने गरेका छन् ।

यसमा पनि सबै भन्दा महँगा हुन् अभिनेता अनमोल । उनले एक फिल्ममा अभिनय गरेवापत नै ३५ देखि ५० लाखसम्म लिएको खबर मिडियामा आइरहेका हुन्छन् ।

तर, पछिल्लो समय निर्देशक महँगा भएको खबर आइरहेको छ । हालै दीपेन्द्र के खनालले फिल्म ‘के घर के डेरा’ को लागि ३५ लाख बराबर पारिश्रमिक लिएको खबर आएको छ ।

कोरोना भाइरसको महामारी पश्चात अभिनेताहरूले आफ्नो पारिश्रमिक घटाउने पर्ने चर्चाकै बीच निर्देशक खनालले महँगो पारिश्रमिक लिएको स्वीकारेका छन् ।

अर्का निर्देशक सुव्रतराज आचार्यले निर्देशक छाडेपछि निर्देशक खनालले निर्देशनको जिम्मा सम्हालेका हुन् ।

दीपेन्द्रले पनि महामारीपछि लामो समय काम नगरेकाले महँगो पारिश्रमिक लिएको प्रतिक्रिया दिइरहेका छन् ।

महेश दवाडीको पटकथा तथा संवादमा तयार हुने फिल्मको स्क्रिप्टमा काम भइरहेको छ । फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झालगायतको मुख्य भूमिका रहने छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १० : ३३ बजे

सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा

बङ्गलादेशमा एक अल्पसङ्ख्यक इस्लामिक सम्प्रदायद्वारा प्रदर्शन

एजेन्सी– बङ्गलादेशको राजधानीमा शनिबार दशौँ हजार प्रदर्शनकारीहरू भेला भई चुनावअघि

मानवकल्याण नै सबैभन्दा ठूलो धर्म : प्रदेश प्रमुख भट्ट

गण्डकी– गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मानवकल्याण नै सबैभन्दा ठूलो

धरानमा अर्थोडोन्टिकसम्बन्धी १६ औँ अन्तर्राष्ट्रिय सम्मेलन

धरान– धरानमा अर्थोडोन्टिकसम्बन्धी १६औँ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।