महँगा निर्देशक « Khabarhub

महँगा निर्देशक


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली फिल्ममा अभिनेताले महँगो पारिश्रमिक पाउने गरेका छन् ।

अनमोल केसी, प्रदीप खड्का, सौगात मल्ल, विपिन कार्की, दयाहाङ राईलगायतका अभिनेताहरूले महँगो रकम लिने गरेका छन् ।

यसमा पनि सबै भन्दा महँगा हुन् अभिनेता अनमोल । उनले एक फिल्ममा अभिनय गरेवापत नै ३५ देखि ५० लाखसम्म लिएको खबर मिडियामा आइरहेका हुन्छन् ।

तर, पछिल्लो समय निर्देशक महँगा भएको खबर आइरहेको छ । हालै दीपेन्द्र के खनालले फिल्म ‘के घर के डेरा’ को लागि ३५ लाख बराबर पारिश्रमिक लिएको खबर आएको छ ।

कोरोना भाइरसको महामारी पश्चात अभिनेताहरूले आफ्नो पारिश्रमिक घटाउने पर्ने चर्चाकै बीच निर्देशक खनालले महँगो पारिश्रमिक लिएको स्वीकारेका छन् ।

अर्का निर्देशक सुव्रतराज आचार्यले निर्देशक छाडेपछि निर्देशक खनालले निर्देशनको जिम्मा सम्हालेका हुन् ।

दीपेन्द्रले पनि महामारीपछि लामो समय काम नगरेकाले महँगो पारिश्रमिक लिएको प्रतिक्रिया दिइरहेका छन् ।

महेश दवाडीको पटकथा तथा संवादमा तयार हुने फिल्मको स्क्रिप्टमा काम भइरहेको छ । फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झालगायतको मुख्य भूमिका रहने छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १० : ३३ बजे

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय

चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनका निकटका केही व्यक्ति