जनकपुरधाममा ७९ वर्षीय वृद्धले दिए मेयरमा स्वतन्त्र उम्मेदवारी | Khabarhub Khabarhub

जनकपुरधाममा ७९ वर्षीय वृद्धले दिए मेयरमा स्वतन्त्र उम्मेदवारी


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा ७९ वर्षीय एक वृद्धले समेत स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

जनकपुरधाम–८ पिडारी चोकका रामसेवक यादवले आज मनोनयन दर्ता गराएका हुन् । उनले राजनीति फोहोर भइरहेकाले यसलाई सफा गर्न आफूले उम्मेदवारी दिएको बताए ।

अहिलेका दलहरूको विचारमा कटुता, व्यवहारमा पुँजीवाद र सद्भाव विखण्डनवादी भएको उनको आरोप छ ।

नेता यादव नेकपा एमालेका पुराना नेता हुन् । तर, एमालेमा पनि बिचलन आएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि पहिलो दिन ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार साना दुई दल र स्वतन्त्र गरी ८ जनाको मेयर पदमा उम्मेदवारी परेको हो । त्यस्तै, उपमेयर पदमा ३ जनाको उम्मेदवारी परेको छ ।

जनमत पार्टीबाट अनिता देवी साह, नेकपा मालेबाट गीताकुमारी मण्डल, श्यामकिशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पजियार र सुधिरकुमार महतोले मेयरमा उम्मेदवारी दिएका छन् । त्यस्तै उपमेयरमा जनमत पार्टीबाट संतोषकुमार साह, स्वतन्त्रबाट कुमारी बनिता यादव र उमेश चौधरीले उम्मेदवारी दिएका छन् । बाँकी ११६ जनाले वडाध्यक्ष र वडासदस्यमा मनोनयन दर्ता गराएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ११ : ३५ बजे

कर्णाली सरकारलाई निजामती कर्मचारीको नीति, कार्यक्रम लक्षित सुझाव (पूर्ण पाठसहित)

सुर्खेत– कर्णाली प्रदेशको नीति तथा कार्यक्रम र बजेटमा आउन लाग्दा

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश

आव ०८२/८३ को बजेटमा नेप्सेको संरचनागत सुधार गरिने

काठमाडौं–आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नेपाल स्टक एक्सचेञ्ज

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सकियो

चितवन- भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा शुरु गरिएको भूमिगत विद्युतीकरणको काम

यस्तो छ आगामी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्‌मा