स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारको धन्यवाद | Khabarhub Khabarhub

स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारको धन्यवाद


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले स्थानीय तह सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा निर्वाचन आयोग, राजनीतिक दल, मतदातालगायत सबैमा धन्यवाद ज्ञापन गरेको छ ।

यही जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने राष्ट्र सेवक कर्मचारी, सुरक्षा निकाय तथा सुरक्षाकर्मी, सञ्चार माध्यम तथा सञ्चारकर्मी, नागरिक समाजलगायत निर्वाचन कार्यमा प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिएको हो । 

बैठकले यही जेठ ९ देखि १३ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने संयुक्त राष्ट्र सङ्घीय एसिया प्रशान्त आर्थिक तथा सामाजिक आयोग (युनेस्क्याप) को ७८ औँ सत्रमा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा दिलबहादुर गुरुङ नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

वैदेशिक रोजगारीबाट फर्केकाको पुनः एकीककरण आयोजनाको लागि स्विट्जरल्याण्ड सरकारबाट प्राप्त हुने करिब रु ८६ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने, विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर (करिब ३३ अर्ब) ऋण सहायता सम्बन्धमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । 

बैठकले नेपाल राष्ट्र बैंक नोट धुल्याउने नियमावली, २०७९ बनाउन स्वीकृति दिएको छ । मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा र प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामालाई नेपाल प्रहरीको जनपद प्रहरी समूहको अतिरिक्त महानिरीक्षकको पदमा बढुवा गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए । 

बैठकले यही जेठ १८ मा नर्वे र १९ गते फिनल्याण्डसँग हुने द्विपक्षीय परामर्श संयन्त्रका बैठकमा भाग लिन जानका लागि परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिएको छ । बैठकले कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकाअन्तर्गतको जग्गा नापजाँचसम्बन्धी गठन आदेश, २०७८ स्वीकृत, वन नियमावली, २०७९ स्वीकृति, सुर्खेत भेरीगङ्गा (रामघाट) विमानस्थल निर्माणका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  १२ : १० बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको