मतगणना नसकिँदै भरतपुरको मेयरमा रेनु दाहालको विजय निश्चित « Khabarhub

मतगणना नसकिँदै भरतपुरको मेयरमा रेनु दाहालको विजय निश्चित


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको भरतपुर महानगरपालिकामा मेयर र उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका रेनु दाहाल र चित्रसेन अधिकारीको विजय सुनिश्चित भएको छ।

जम्मा ११ हजार १७३ मत गन्न बाँकी रहँदा गन्न बाँकी रहेको मतभन्दा पनि बढीको मतान्तर बनाएपछि दाहाल र अधिकारीको विजय सुनिश्चित भएको हो।

निर्वाचन कार्यालयका अनुसार मेयरमा रेनु दाहालको ४७ हजार २३८ मत ल्याएकी छन्। त्यसैगरी मेयर पदका अर्का उम्मेदवार एमालेका विजय सुवेदीको ३५ हजार ६९६ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १४ हजार ३२१ मत छ।

दाहाल र दोस्रो स्थानमा रहेका सुवेदीबीचको मतान्तर ११ हजार भन्दा बढी छ। जुन अन्तर अब गन्न बाँकी मतभन्दा पनि धेरै हो। त्यसैगरी उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका चित्रसेन अधिकारी झनै फराकिलो मतान्तरले विजयी सुनिश्चित गरेका छन्।

उपमेयरमा एमालेले समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उम्मेदवार हिमला गुरुङको २७ हजार ९२२ मत छ। अधिकारी र हिमलाबीच २० हजार ३६ मतको फराकिलो अन्तर छ।

भरतपुर महानगरपालिकामा कुल मतदाता एक लाख ८५ हजार रहेकोमा एक लाख २७ हजार ८३९ मत खसेको थियो। हालसम्म एक लाख १६ हजार ६६६ मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। दुई वडाको मतपरिणाम सार्वजनिक भएसँगै भरतपुरको नतिजा औपचारिक रुपमा आयोगले घोषणा गर्नेछ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ५ : ४८ बजे

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित