काठमाडौंमा बालेनको फराकिलो अग्रता कायमै : ४४ हजार मत गन्न बाँकी « Khabarhub

काठमाडौंमा बालेनको फराकिलो अग्रता कायमै : ४४ हजार मत गन्न बाँकी


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाहले अग्रतालाई निरन्तरता दिइरहेका छन्।

पछिल्लो मत परिणामअनुसार साहले ४८ हजार ९२२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३० हजार २५ मत प्राप्त गरेकी छिन्।

नेकपा (एमाले)का मेयर पदका प्रत्याशी केशव स्थापितले भने २९ हजार २५९ मत ल्याएका छन्। स्वतन्त्र सुमन सायमीले ७ हजार ६५४ मत ल्याएका छन्। काठमाडौंको एक लाख ४८ हजार २४८ मत गणना भइसकेको छ। अब ४४ हजार ७१७ मतगणना गर्न बाँकी छ।

त्यस्तै, उपमेयरतर्फ नेकपा (एमाले) की उम्मेदवार सुनिता डंगोलले पनि आफ्नो अग्रतालाई कायमै राखेकी छिन्। पछिल्लो मत परिणामअनुसार उनले ४४ हजार ७०५ मत प्राप्त गरेकी छिन्।

त्यस्तै, उपमेयर पद तर्फ नै नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १५ हजार २८२ मत प्राप्त गरेका छन्। त्यस्तै उपमेयर पदमा नै तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी उम्मेद्वार विनिता मगैयाले ७०२३ मत प्राप्त गरेकी छिन्।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ७ : २१ बजे

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवा लिने सेवाग्राहीको चाप उच्च

झापा– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो

मल्टिस्टारर बन्ने भयो ‘द राइज अफ साम्राज्य’, विजयको पनि प्रवेश

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘द राइज अफ साम्राज्य’

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण