सेना परिचालन गरेर भएपनि ताइवानको रक्षा गर्ने बाइडेनको बाचा « Khabarhub

सेना परिचालन गरेर भएपनि ताइवानको रक्षा गर्ने बाइडेनको बाचा


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानमाथि आक्रमण भए सेना परिचालन गरेरै भएपनि जोगाउने बाचा गरेका छन् ।

साथै उनले ताइवानका विषयमा चीन ‘खतरासँग जिस्किरहेको’ टिप्पणी गरे । एसिया भ्रमणमा रहेका बाइडेनले जापानको राजधानी टोकियोमा त्यहाँका प्रधानमन्त्री फुमियो किशिदासँगको भेटवार्तापछि पत्रकार सम्मेलनमा बोल्दै यस्तो टिप्पणी गरेका हुन् ।

ताइवानमाथि चीनको सम्भावित आक्रमणलाई हाल पूर्वी युरोपमा जारी युक्रेनमाथि रुसी आक्रमणसँग जोड्दै पछिल्लो समय चीनले ताइवानको हवाइ क्षेत्रमा आफ्नो उपस्थिती बढाएर खतरासँग जिस्किरहेको चेतावनी दिएका हुन् ।

उनले भने– ‘मेरो अपेक्षा यसो (ताइवानमाथि चिनियाँ आक्रमण) हुँदैन भन्ने हो, यसको प्रयास पनि गरिनेछैन ।’

त्यसपछि उनलाई ‘अमेरिकाले सेना परिचालन गरेरै भएपनि ताइवानको रक्षा गर्छ ?’ भन्ने प्रश्न सोधिएको बीबीसीले जनाएको छ । जवाफमा उनले ‘हो, यो हामीले जाहेर गरेको प्रतिबद्धता हो ।’ बताएको बाइडेनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

‘ताइवानलाई बल प्रयोग गरी कब्जा गर्न सकिन्छ भन्ने विचार वास्तवमा उचित छैन । यसले पूरै क्षेत्रलाई अस्तव्यस्त बनाइदिन्छ र युक्रेनमा भइरहेको जस्तै हुन्छ ।’ उनले भने ।

यता अमेरिकी प्रशासन ह्वाइट हाउसले भने अमेरिकी राष्ट्रपतिले जे जस्तो टिप्पणी गरेपनि अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको स्पष्ट पारेको छ ।

चीनले ताइवानलाई छुट्टिएर गएको एउटा प्रान्तको रुपमा हेर्दै आएको छ । चीनले ताइवानलाई मुख्यभूमिको नियन्त्रणमा ल्याउन बल प्रयोग गर्न सक्ने विकल्पलाई खुला राखेको छ ।

सैद्धान्तिक रुपमा अमेरिकाले ताइवानलाई सार्वभौम ‘राष्ट्र’ को मान्यता दिएको छैन । यद्यपि अमेरिकाले स्वतन्त्रताको रक्षाका लागि ताइवानलाई हतियार आपूर्ति गराउँदै आएको छ ।

बाइडेनले टोकियोमा पत्रकार सम्मेलनमा टिप्पणी गर्नुअघि ताइवानी मामिलामा अमेरिकी नीतिमा ‘परिवर्तन नआएको’ बताएका थिए । यद्यपि पछिल्ला केही महिनायता बाइडेनले दुई पटक सेना परिचालन गरेरै भएपनि ताइवानको रक्षा गर्ने बताइसकेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  १२ : ५५ बजे

इरान युद्धले अमेरिकी हतियार भण्डारमा दबाब

एजेन्सी- इरानविरुद्ध सञ्चालन गरिएको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा

बाढीमा क्षतिग्रस्त त्रिशूलीका झोलुङ्गे पुल मर्मत थालियो (तस्बिरहरू)

नुवाकोट– भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण

हराउँदै हो त सुकुल भोज ?

भक्तपुर– नेवार समुदाय चाडपर्व, जात्रा र मौलिक परम्पराले जति सम्पन्न

प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित

माङसेबुङमा उद्यान सहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सालिक राख्ने