थोरः लभ एण्ड थन्डर’ को ट्रेलर सार्वजनिक « Khabarhub

थोरः लभ एण्ड थन्डर’ को ट्रेलर सार्वजनिक


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मार्भल स्टुडियोको नयाँ फिल्म  ‘थोरः लभ एण्ड थन्डर’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

फिल्ममा क्रिस हेम्सवर्थले थोरको भूमिका निर्वाह गरिरहेका छन् । ट्रेलरमा क्रिस्टिन बेललाई डरलाग्दो खलपात्र र गोरलाई गड बुचर चरित्रको रुपमा प्रस्तुत गरिएको छ । कोरोना भाइरसको महामारीको समयमा वेब सिरिज मार्फत आफ्नो सिनेम्याटिक युनिभर्सको कथालाई अगाडि बढाइरहेको मार्भलले अहिले रोकिएका फिल्महरू धमाधम रिलिज गर्दैछ ।

सानो पर्दामा हालै मुननाइटलाई नयाँ हिरोको रुपमा परिचित गराएको मार्भलले आफ्नो सिनेम्याटिक युनिभर्सबाट केही समय बिदा लिएकी हलिउड अभिनेत्री नाटाली पोर्टम्यान नयाँ थोर पात्रमार्फत पुनरागमन गराएको छ ।

नयाँ सिरिज ‘थोरः लभ एण्ड थन्डर’ मा पोर्टम्यानलाई नयाँ थोर पात्रको रुपमा देख्न पाइन्छ । अघिल्लो ‘थोरः राग्नारोक’ बाट राम्रो प्रतिक्रिया बटुलेका टाइका कमिटी निर्देशित फिल्म ‘थोर’ को यो चौथो शृंखला हो । फिल्मको कथा एभेन्जर्स : एण्ड गेमको कथाबाट सुरु हुन्छ । जहाँ थोर (क्रिस हेम्सवर्थ) आफ्नो संसार असगार्ड समाप्त भएपनि गार्जियन अफ दी ग्यालेक्सीसँगै पृथ्वीमा बस्दै आएका छन् । 

अभिनेता हेम्सवर्थ उक्त समूहको सदस्यको रुपमा फिचर्ड छन्, जहाँ पोम क्लेमेन्टिफ, डेभ बौटिस्टा, करेन गिलन, ब्राड्ली कुपरभीन डिजेल समेत प्रमुख भूमिकामा देखिनेछन् ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ७ : ४२ बजे

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखले बनाए शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित