सिद्धार्थ र कियारा बीच ‘प्याच-अप’ « Khabarhub

सिद्धार्थ र कियारा बीच ‘प्याच-अप’


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको ब्रेकअप भएको खबरले केही समय अगाडि मिडियामा राम्रो स्थान पायो । विवाहकै चर्चाको बीचमा आएको ब्रेकअपको खबर दर्शकका लागि अकल्पनीय थियो । ‘शेरशाह’ मा अभिनय गरेपछि आफ्नो प्रेम र सामिप्यतालाई झनै बढाएका सिद्धार्थ र कियारा सम्बन्ध लामो समयसम्म भने टिकेन । 

भारतीय सञ्चार माध्यम इटाइम्सको रिपोर्ट अनुसार उनीहरूको प्याचअप भइसकेको छ । ‘सिद्धार्थ र कियारा एकअर्कालाई निकै माया गर्छन । उनीहरुले हालै त्यो महसुस गरे । आफ्नो गल्ती बुझे र एक अर्का बिना रहन नसक्ने जाने । उनीहरु बीच सम्बन्ध सुमधुर भएको भूल भुलैया २ को प्रिमियरमा देख्न सकिन्थ्यो’ एक सदस्यले इटाइम्ससंग भनेका छन् । 

सिद्धार्थ र कियाराको इन्डिङ निकै राम्रो भएकाले पनि उनीहरु अलग रहन नसकेका हुन् । उनीहरूको बीचमा के भयो जसका कारण उनीहरूले अलग हुने निर्णय गरे भन्ने बारे कसैलाई थाहा नभएको समेत इटाइम्सको रिपोर्टमा उल्लेख छ । यी दुईको वर्क लाइफको कुराकानी गर्ने हो भने सिद्धार्थ ‘मिसन मजनु’, ‘योधा’ र ‘थ्याङ्क गड’ जस्ता फिल्मसँगै ‘इन्डियन पुलिस फोर्स’ नामक वेब सिरिजमा व्यस्त छन् । 

साथै, कियारा अभिनीत फिल्म ‘जुग जुग जियो’ रिलिजको तयारीमा छ ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ७ : ५९ बजे

प्रदीप पौडेललाई प्रश्न- देउवा आएपछि पार्टी एकताको सम्भावना टरेको हो ?

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा