स्पेनमा महिलालाई हरेक महिना तीन दिन महिनावारी विदा दिने तयारी | Khabarhub Khabarhub

स्पेनमा महिलालाई हरेक महिना तीन दिन महिनावारी विदा दिने तयारी


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनले महिनावारीको कडा दुखाइबाट पीडित महिलाहरूको लागि मेडिकल बिदा दिने योजना बनाएको छ । संसद्‍मा प्रस्ताव गरिएको वृहत् प्रजननसम्बन्धी  विधेयकमा महिलाहरूलाई महिनामा तीन दिन बिदा दिन सक्ने उल्लेख छ । 

 सञ्चार माध्यममा चुहावट भएको सो मस्यौदाबारे संसद्‍मा छलफल भइरहेको छ । विद्येयक पारित भएमा यस्तो प्रावधान कायम गर्ने स्पेन युरोपमै पहिलो देश हुनेछ ।

विश्वका केही  थोरै देशहरूमा मात्र यस्तो कानुन छ । वृहत प्रजनन स्वास्थ्य सुधार र गर्भपतनसम्बन्धी विस्तार गर्दै पछिल्लो कानुन ल्याउन लागिएको हो । 

पीडादायी महिनावारी अवधिको लागि तीन दिनको बिरामी बिदा डाक्टरको सिफारिसमा अनुमति दिइनेछ । तीव्र वा असक्षम पीडाको लागि पाँच दिनसम्म  विस्तार गर्न सकिनेछ । 

तर, हल्का पीडा भोग्नेहरूलाई यो नियम लागू  हुने अपेक्षा गरिएको छैन । साे मस्यौदा महिनावारीलाई स्वास्थ्य अवस्थाको रूपमा व्यवहार गर्ने फराकिलो दृष्टिकोणको एउटा हिस्सा बताइएको स्पेनी अखबार एल पाइसले जनाएको छ ।

‘पीडा सहेर काममा जानुपर्ने दिनहरू सकिए ।’ स्पेनकी समानता मन्त्री इरेन मोन्टेरोलाई उद्धृत गर्दै युरोन्युजले जनाएको छ ।

प्रस्तावित मस्यौदामा बच्चा जन्माउनुअघि विस्तारित तलबी मातृत्व बिदा र गर्भपतन कानूनमा परिवर्तनहरू पनि समावेश छन् । 

त्यस्तै, १६ देखि १७ वर्षका  किशोरीले अभिभावकको अनुमतिबिना गर्भपतन गर्न पाउने प्रस्ताव गरिएको छ । 

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  १ : ५६ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन