छायांकनको क्रममा घाइते भए विजय र सामन्था « Khabarhub

छायांकनको क्रममा घाइते भए विजय र सामन्था


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विजय देवरकोन्डासामन्था रथ प्रभु छायांकनको क्रममा घाइते भएका छन् । उनीहरु पछिल्लो समय कश्मीरको एक विषयमा बनिरहेको फिल्म  ‘कुशी’ मा सँगै अभिनय गरिरहेका छन् । 

कश्मीरमा अभिनय गर्ने क्रममा नै उनीहरु दुबै घाइते भएका हुन् । फिल्मको निर्माण टिमसँग जोडिएको एक सदस्यले हिन्दोस्तान टाइम्ससँग कुराकानी गर्दै घाइते भएको जनाएका हुन् । उनले भने , ‘उनीहरू लिद्दर नदीको किनारमा छायांकन गरिरहेका थिए । त्यही क्रममा उनीहरु पानीमा लडेका हुन् । त्यो दृश्य जोखिमपूर्ण नै थियो’ ।

घाइते भएपछि नजिकको अस्पतालमा उपचार गरेर सेटमा फर्किएता पनि विजय र सामन्थाले छायांकन गर्न सकेनन् । उनीहरूले त्यो दिन रेस्ट गरेपछि मात्र छायांकन गरेका हुन् । ‘उनीहरूलाई छायांकनमा निकै कठिनाइ आएको थियो । किनकी उनीहरूको हड्डीमा चोट लागेको थियो’ ती सदस्यले भने । 

फिल्ममा विजयले आर्मी अफिसरको भूमिका निर्वाह गरेका छन् । फिल्म आउँदो डिसेम्बरमा तामिल, तेलुगु र मलयालम भाषामा रिलिज हुनेछ ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ३ : १६ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार