छायांकनको क्रममा घाइते भए विजय र सामन्था « Khabarhub

छायांकनको क्रममा घाइते भए विजय र सामन्था


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विजय देवरकोन्डा र सामन्था रथ प्रभु छायांकनको क्रममा घाइते भएका छन् । उनीहरु पछिल्लो समय कश्मीरको एक विषयमा बनिरहेको फिल्म  ‘कुशी’ मा सँगै अभिनय गरिरहेका छन् । 

कश्मीरमा अभिनय गर्ने क्रममा नै उनीहरु दुबै घाइते भएका हुन् । फिल्मको निर्माण टिमसँग जोडिएको एक सदस्यले हिन्दोस्तान टाइम्ससँग कुराकानी गर्दै घाइते भएको जनाएका हुन् । उनले भने , ‘उनीहरू लिद्दर नदीको किनारमा छायांकन गरिरहेका थिए । त्यही क्रममा उनीहरु पानीमा लडेका हुन् । त्यो दृश्य जोखिमपूर्ण नै थियो’ ।

घाइते भएपछि नजिकको अस्पतालमा उपचार गरेर सेटमा फर्किएता पनि विजय र सामन्थाले छायांकन गर्न सकेनन् । उनीहरूले त्यो दिन रेस्ट गरेपछि मात्र छायांकन गरेका हुन् । ‘उनीहरूलाई छायांकनमा निकै कठिनाइ आएको थियो । किनकी उनीहरूको हड्डीमा चोट लागेको थियो’ ती सदस्यले भने । 

फिल्ममा विजयले आर्मी अफिसरको भूमिका निर्वाह गरेका छन् । फिल्म आउँदो डिसेम्बरमा तामिल, तेलुगु र मलयालम भाषामा रिलिज हुनेछ ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ३ : १६ बजे

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।