युद्ध अपराधका दोषी रुसी सैनिकलाई युक्रेनमा आजीवन कारावासको सजाय « Khabarhub

युद्ध अपराधका दोषी रुसी सैनिकलाई युक्रेनमा आजीवन कारावासको सजाय


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा एकजना रुसी सैनिकलाई युद्ध अपराधका लागि आजीवन कारावासको सजाय सुनाइएको छ । राजधानी किभमा रहेको अदालतले पक्राउ परेका रुसी सैनिक सार्जेन्ट भादिम सिसिमारिनलाई युद्ध अपराधका लागि आजीवन कारावासको सजाय सुनाएको हो ।

उनीमाथि गत फेब्रुअरी २८ मा चुपाखिभ्का गाउँमा ६२ वर्षे ओलेक्साण्डर शेलिपोभको हत्या गरी युद्ध अपराध गरेको अभियोग लागेको थियो । उक्त अभियोगमा दोषी ठहर गर्दै अदालतले आजीवन कारावासको सजाय सुनाएको बीबीसीले जनाएको छ ।

सिसिमरिनले आफूले हत्या गरेको स्वीकार गरेपनि आफूलाई कसैले हत्या गर्न निर्देशन दिएको बयान दिएका थिए । साथै उनले हत्या गरिएका शेलिपोभकी विधवासँग पनि माफी मागेको जनाइएको छ ।

उनका वकिलले छोटो सजायका लागि पुनरावेदन गर्ने जनाएका छन् ।

युक्रेनले रुसी सैनिकलाई युद्ध अपराधमा दोषी ठहर गरी सजाय सुनाएको यो पहिलो घटना हो । यस घटनाले युक्रेनमा जारी रुसी आक्रमणमा न्यायिक नजीर स्थापना गर्न सक्ने बीबीसीले जनाएको छ ।

रुसले आफ्ना सैनिकले युक्रेनमा कुनै पनि युद्ध अपराधमा संलग्न नरहेको बताउँदै आएको छ । तर, बीबीसीका अनुसार युक्रेनी पक्षले भने ११ हजार भन्दा धेरै अपराधहरू भएको बताउँदै आएको छ ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ३ : ०७ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष