एमालेलाई काउन्टर : कांग्रेसले पनि माग्यो पुनः मतगणना « Khabarhub

एमालेलाई काउन्टर : कांग्रेसले पनि माग्यो पुनः मतगणना


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिका-१८ मा एमालेले नौ मतले हराएको भन्दै पुनः मत गणनाको माग गरेपछि कांग्रेसले पनि काउन्टर निवेदन दिएको छ । कांग्रेसले १ र १७ नम्बर वडामा पुनः गणनाको माग गरेको छ ।

वडा नम्बर १ की कांग्रेस उम्मेदवार सीता गुरुङले आफूसहित सदस्य उम्मेदवारलाई दबाबमा पारेर आफ्नो प्रतिकुल हुनेगरि नतिजा सार्वजनिक गरिएको आरोप लगाउँदै पुनः गणना माग गरेकी हुन् । एमालेका सहारा प्रधानले ४१ मत अन्तरले जितेका थिए । प्रधानले एक हजार एक सय ४५ र गुरुङले एक हजार एक सय चार मत पाएका थिए । यस्तै, वडा नम्बर १७ का कांग्रेस उम्मेदवार देवराज आचार्यले पनि पुनः गणनाको माग गरेका छन् ।

उही ढाँचामा उनले निवेदन बुझाएका हुन् । उनीहरू दुवैले पहिलेभन्दा फरक गणक राख्न र निष्पक्ष रुपमा गणना गर्नुपर्ने माग राखेका छन् । १७ नम्बर वडामा ८३ मत अन्तरले एमालेकी राधिका शाहीले चुनाव जितेकी हुन् । शाहीले दुई हजार ६ सय २५ र आचार्यले दुई हजार पाँच सय ४२ मत पाएका थिए ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ३ : २१ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल