सर्लाहीको स्थानीय तह निर्वाचन : नयाँ अनुहारलाई जनताको साथ, कुन पालिकामा कसले जित्यो ? | Khabarhub Khabarhub

सर्लाहीको स्थानीय तह निर्वाचन : नयाँ अनुहारलाई जनताको साथ, कुन पालिकामा कसले जित्यो ?



नेपालकै सबैभन्दा बढी पालिका भएको जिल्ला हो सर्लाही । यहाँ २० पालिका छन् ।सर्लाहीमा ईश्वरपुर, लालबन्दी, हरिपुर, हरिवन, बागमती, बरहथवा, गोडैता, बलरा, मलंगवा, हरिपुर्वा, कविलासी नगरपालिका रहेका छन् ।

यस्तै , गाउँपालिका तर्फ कौडेना, बिष्णु, चक्रघट्टा, चन्द्रनगर, धनकौल, पर्सा, बसबरिया, ब्रह्मपुरी, रामनगर रहेका छन् ।यहाँ १२ पालिकामा नेपाली कांग्रेस, ४ पालिकामा नेकपा माओवादी केन्द्र, जसपा २, लोसपा १, नेकपा एमाले १ पालिकामा विजयी भएका छन् ।

चुरेदेखि भारतको सोनबर्सासम्म छुने सर्लाही जिल्लामा यसपटक अधिकांश नयाँ अनुहारले स्थानीय तह सम्हालेका छन् । यसपटक सर्लाहीका मतदाताहरु पनि परिवर्तनको पक्षमा देखिएका छन् ।

‘टेस्ट’ गरिसकेका जनप्रतिनिधि भन्दा पनि नयाँ क्षमता रहेकोलाई मतदाताले भोट दिएका छन् । त्यसको नतिजा पनि आइसकेको छ । पाँच वर्षदेखिको असन्तुष्टि मतदाताले निर्वाचनमा देखाएका छन् । बरहथवा नगरपालिकामा जिल्लाकै पहिलो महिला मेयर कल्पनादेखि रामनगर गाउँपालिकामा सम्वत् नेपालकै कान्छा अध्यक्ष २२ वर्षीय राजाबाबू छन् ।

तराई भएकाले पनि हुन् सक्छ भोज भतेरमा उम्मेदवारले बढी समय दिए । साक्षरता भएको गाउँ वा नगरका केही वडामा आफ्नो योजना प्रस्तुत गरेका उम्मेदवारहरुले प्राय घरदैलो र भोज भतेरमा समय दिए । यो प्रचलन भित्री मधेशमा ज्यादा देखियो । विकास निर्माणसँग जोडिएको आगामी योजनाभन्दा पनि खानपान र कसले कसलाई कानुनी झमेलामा कति मदत ग¥यो भन्ने हिसाबकिताब बढी भयो ।

दिनहुँ हुने भोज भतेर, तडकभडक लगायतले स्थानीय विकासको चाहना बोकेर गाउँमा भोट दिन पुगेकालाई केही निराश भने पक्कै बनायो । उम्मेदवारले के गर्न सक्छ ? भन्नेभन्दा पनि पछिल्ला दिनमा के ग¥यो भन्ने बढी महत्त्वपूर्ण भयो ।

वि.संं. २०७४ सालमा भएका स्थानीय तहको निर्वाचनपछि सडकमा बढी विकास देखिएको जिल्लामा नयाँ अनुहार वा नयाँ कार्यकालका लागि चुनिएका जनप्रतिनिधिले विकास गर्ने मतदाताको अपेक्षा छ । अधिकांश मतदाताले गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवामा प्रभावकारिता चाहेका छन् ।

यसका साथै भौतिक विकास अधिकांशको आकर्षण रहेको छ । यद्यपि गएको पाँच वर्षमा बनेको सडक अधिकांश स्थानमा जीर्ण देखिएपछि स्थानीय त्यति खुशी भने छैनन् । सर्लाहीमा सम्पन्न २०७९ को स्थानीय तहको निर्वाचनमा कसले कहाँ जिते ? यसको चर्चा गरौँ ।

ईश्वरपुर नगरपालिका

पूर्वपश्चिम लोकमार्गसँग जोडिएको ईश्वरपुर नगरपालिका भौगोलिक हिसाबले बढी क्षेत्रफल भएको नगरपालिका पनि हो । सागरनाथ बन विकास परियोजना पनि यसमै पर्छ ।

यो महोत्तरी जिल्लासँग सिमाना जोडिएको नगरपालिका पनि हो । यस नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु फराकिलो मतान्तरसहित निर्वाचित भएका छन् । मेयरमा मनोज कुमार आचार्य र उपमेयरमा रंजित देवी चौधरी विजयी भएकी हुन् ।

मेयरमा निर्वाचित आचार्यले ८ हजार ४ सय ८० मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी निवर्तमान मेयर नेकपा एमालेका मनोज कुमार देवकोटाले ५ हजार ९ सय ६० मत मात्र प्राप्त गरे । यस्तै , नेकपा माओवादी केन्द्रका जय प्रकाश चौधरीले ४ हजार ८ सय ३६ , लोसपाका नागेश्वर महतोले २ हजार ७ सय २८ मत प्राप्त गरेका छन् ।

उपमेयरमा कांग्रेसकी रंजिता देवी चौधरीले ८ हजार २ सय ६८ मत ल्याउँदा उनकी निकटतम् प्रतिद्वन्द्वी निवर्तमान उपमेयर एमालेकी एकावती देवी चौधरीले ६ हजार ३ सय ५३ मत मात्र ल्याइन् । नेकपा माओवादी केन्द्रकी भिष कुमारी विश्वकर्माले ३ हजार ९ सय ४ , लोसपाकी मोहर देवी साह तेलीले २ हजार ८ सय ४ मत प्राप्त गरिन् ।

यो सहित सर्लाही जिल्लामा नेपाली कांग्रेसले २० पालिकामध्ये १२ पालिकामा आफ्ना उम्मेदवारलाई निर्वाचित गराउन सफल भएको छ ।
इश्वरपुर नगरपालिका अन्तर्गतको वडाहरुतर्फ वडा नम्बर १ मा नेकपा एमालेका धर्मेन्द्र राय यादव ५ सय ९६ मत , वडा नम्बर २ मा नेकपा एमालेका सुरेन्द्र बहादुर कार्की ५ सय ६४ मत , वडा नम्बर ३ मा नेकपा एमालेका विश्वनाथ सहनी मलाह ५ सय ३१ मत , वडा नम्बर ४ मा नेपाली कांग्रेसका प्रेम कुमार थिंग तामाङ ७ सय ८६ मत , वडा नम्बर ५ मा जसपाका पंची महतो ८ सय २९ मत , वडा नम्बर ६ मा नेकपा एमालेका महमद रहमद अन्सारी ६ सय ७२ मत , वडा नम्बर ७ मा नेपाली कांग्रेसका नाथुराम चौधरी ५ सय ५२ मत , वडा नम्बर ८ मा नेपाली कांग्रेसका श्याम बहादुर थापा ५ सय ५७ मत , वडा नम्बर ९ मा नेपाली कांग्रेसका नन्द लाल चौधरी ४ सय ७१ मत , वडा नम्बर १० मा नेपाली कांग्रेसका रास नारायण चौधरी ३ सय ८७ मत , वडा नम्बर ११ मा लोसपाका राम दुलार साह ४ सय ६ मत , वडा नम्बर १२ मा नेकपा एमालेका देवी बहादुर खत्री ८ सय १ मत , वडा नम्बर १३ मा नेकपा एमालेका तिल बहादुर तामाङ ५ सय ८९ मत , वडा नम्बर १४ मा नेकपा माओवादी केन्द्रका सिट कुमार महतो कोइरी ६ सय ४६ मत र वडा नम्बर १५ मा नेपाली कांग्रेसका उमेश कुमार चौधरी ७ सय ९८ मत ल्याउँदै निर्वाचित भएका छन् ।

देउवाले नपत्याएका वासुदेवलाई जनताले पत्याए

ईश्वरपुर नगरपालिकासँगै जोडिएको लालबन्दी नगरपालिकाले यसपटक काठमाडौंको ध्यान समेत तान्यो । नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले उम्मेद्वारी फिर्ता र गठबन्धनका उम्मेद्वारलाई समर्थन गर्ने पत्र पठाए पनि त्यसलाई लत्याउँदै चुनावी प्रचारमा होमिएका नेपाली कांग्रेसका उम्मेदवार वासुदेव अधिकारी लालबन्दी नगरपालिकाको मेयरमा निर्वाचित भए ।

लालबन्दीमा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार वासुदेव अधिकारीले ९ हजार ५ सय ६१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका गोविन्दबहादुर महतले ७ हजार ८ सय ८३ मत प्राप्त गरेका छन् ।

यस्तै, लालबन्दीमा उपमेयरतर्फ काङ्ग्रेसकी कल्पनामाया पाख्रिन निर्वाचित भएकी छिन् । पाख्रिनले ८ सय ८ सय ५० मत ल्याउँदा उनकी निकटम प्रतिद्वन्द्वी एमालेकी सनसरीमाया थिङले ८ हजार १ सय ५९ मत मात्र प्राप्त गरिन् ।

नगरपालिकामा कांग्रेससँग गठबन्धन नै नभए पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनलाई सघाउनु भनेपछि आक्रोशित बनेका स्थानीय कांग्रेस कार्यकर्ताले उम्मेदवारी फिर्ता हुन दिएका थिएनन् । उम्मेदवारी दर्ताको समयमा केन्द्रबाट ढिला पत्राचार भएपछि लालबन्दीस्थित निर्वाचन कार्यालयले नेपाली कांग्रेसका तर्फबाट वासुदेव अधिकारीको उम्मेदवारी कायम नै राखेको थियो ।

दोस्रोपटक पनि केन्द्रबाट नै सभापति देउवाको हस्ताक्षर रहेको गठबन्धनलाई सघाउनु भन्ने पत्र आएपछि स्थानीय कांग्रेसी आक्रोशित हुँदै कुनै पनि हालतमा पछाडि नहट्ने बताएका थिए ।

यस्तै वडातर्फ वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार हरी बहादुर भट्टराई ५ सय ५७ मत , वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका किरण कुमार पासवान १ हजार २९ मत, वडा नम्बर ३ मा नेपाली कांग्रेसका बुद्ध देव चौधरी ४ सय ९७ मत, वडा नम्बर ४ मा नेपाली कांग्रेसका सत्यनारायण चौधरी ७ सय ८३ मत, वडा नम्बर ५ मा नेपाली कांग्रेसका मिन प्रसाद ढुंगेल ९ सय ४० मत, वडा नम्बर ६ मा नेकपा एमालेका लाल बहादुर योन्जन ५ सय ३७ मत, वडा नम्बर ७ मा नेपाली कांग्रेसका कृष्णकुमार कार्की १ हजार ४९ मत, वडा नम्बर ८ मा नेकपा माओवादी केन्द्रका शुक्र बहादुर पाख्रिन ४ सय ६० मत, वडा नम्बर ९ मा नेपाली कांग्रेसका नारायण अधिकारी ७ सय ७६ मत, वडा नम्बर १० मा नेपाली कांग्रेसका तो बहादुर श्रेष्ठ ४ सय ८० मत, वडा नम्बर ११ मा नेकपा एमालेका दिपक कुमार लामा ७ सय १५ मत, वडा नम्बर १२ मा नेकपा माओवादी केन्द्रका दुर्गा बहादुर आले ३ सय ९८ मत, वडा नम्बर १३ मा नेपाली कांग्रेसका शिव कुमार वैद्य ५ सय १६ मत, वडा नम्बर १४ मा नकपा एमालेका छेनाम सिंह घिसिङ ८ सय ३१ मत, वडा नम्बर १५ मा नेकपा माओवादी केन्द्रका गोरख बहादुर बल ६ सय २१ मत, वडा नम्बर १६ मा नेकपा माओवादी केन्द्रका गणेश बहादुर थापा ८ सय १८ म , वडा नम्बर १७ मा नेकपा माओवादी केन्द्रका विष्णु हरी अधिकारी ९ सय ७९ मत प्राप्त गर्दै वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

हरिपुर नगरपालिका

सर्लाहीको सदरमुकाम मलंगवा जाने बाटोमै पर्ने हरिपुर नगरपालिकामा अझै अपेक्षित रुपमा विकास हुन सकेको छैन । पुरानो बजार भए पनि व्यवस्थित नहुनु, शिक्षा क्षेत्रमा उलेख्य प्रगति नहुनु, स्वास्थ्य क्षेत्रमा प्रभावकारिता नहुनु लगायतका समस्याले गर्दा हरिपुरले अपेक्षित रुपमा विकास गर्न सकेको छैन ।

वि.सं. २०७९ को सम्पन्न स्थानीय तहको निर्वाचनमा यसपटक हरिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गोपाल पजियार निर्वाचित भएका छन् । उनले ६ हजार ९ सय ३८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार सुनिलकुमार बुढाथोकीले ३ हजार ८ सय ८७ मत प्राप्त गरे ।

त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसकै निलम राय यादव ५ हजार ५ सय ५२ मत प्राप्त गरी निवार्चित भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका उम्मेदवार शिला कार्कीले ४ हजार ७६ मत प्राप्त गरे ।

हरिपुर अन्तर्गतको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका नानी बाबु थापा ७ सय ८० मत, वडा नम्बर २ मा नेकपा एमालेका निल विक्रम थापा ६ सय १८ मत, वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रका लाल महमद शेष ५ सय ६८ मत, वडा नम्बर ४ मा नेकपा एमालेका संजय प्रसाद शाह ७ सय ६१ मत, वडा नम्बर ५ मा नेपाली कांग्रेसका सुरेन्द्र प्रसाद चौधरी ५ सय ५९ मत, वडा नम्बर ६ मा नेपाली कांग्रेसका प्रेम हरी श्रेष्ठ ६ सय ६२ मत, वडा नम्बर ७ मा नेपाली कांग्रेसका मनोज कुमार चौधरी १ हजार ४ सय ७० मत, वडा नम्बर ८ मा नेकपा एसका हरी बहादुर थापा ५ सय ४० मत र वडा नम्बर ९ मा नेकपा एसका विश्वनाथ राय १ हजार १ सय ८७ मत ल्याउँदै निर्वाचित भएका हुन् ।
मलंगवा नगरपालिका

सर्लाही जिल्लाको सदरमुकाम समेत रहेको मलंगवा सबैभन्दा पुरानो नगरपालिका हो । यद्यपि यहाँ सोचेको जस्तो विकास अझै हुन सकेको छैन ।

शिक्षा, स्वास्थ्य, खानेपानी, सडकमा विकास मध्यम गतिमा भइरहेको मलंगवा नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

कांग्रेसबाट मेयर पदका लागि उम्मेदवारी दिएका नागेन्द्रप्रसाद यादवले ९ हजार ७८ मत प्राप्त गरी निर्वाचित भए ।उनका निकटम प्रतिद्वन्द्वी साहले ४ हजार ६ सय ३९ मत प्राप्त गरे । यसअघिको निर्वाचनमा कांग्रेसबाट जितेका निवर्तमान मेयर साह कांग्रेसबाट टिकट नपाएपछि जसपाबाट उम्मेदवारी दिएका थिए ।

यस्तै उपमेयरमा नेपाली कांग्रेसकै उम्मेदवार शकुन्तलादेवी साह ५ हजार १ सय ४३ मत प्राप्त गर्दै निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाकै पानोदेवीले ५ हजार १ सय ३९ मत मात्र प्राप्त गरिन् । उपमेयरमा शकुन्तलादेवी मात्र ४ मतले निर्वाचित भएकी हुन् ।

वडा अन्तर्गत वडा नम्बर १ मा नेपाली कांग्रेसका नेपाली कांग्रेसका नवल किशोर यादव ४ सय २३ मत , वडा नम्बर २ मा नेकपा एमालेका धीरेन्द्र शाह ८ सय ६४ मत, वडा नम्बर ३ मा जसपाका प्रमोद कुमार यादव ८ सय ६६ मत, वडा नम्बर ४ मा जसपाका रविन्द्र राय ६ सय ७७, वडा नम्बर ५ मा नेकपा एमालेका मो.जुलफ फकार अलि ६ सय १३ मत, वडा नम्बर ६ मा जसपाका राम कैलास यादव ९ सय ३० मत, वडा नम्बर ७ मा नेकपा माओवादी केन्द्रका मो. इशा मिकरानी ६ सय ४७ मत, वडा नम्बर ८ मा जसपाका मुकेश कुमार जैसवाल ६ सय ७ मत, वडा नम्बर ९ मा जसपाका चन्देश्वर राय ५ सय १६ मत, वडा नम्बर १० मा जसपाका मुकेश कुमार झा ४ सय २८ मत, वडा नम्बर ११ मा नेकपा माओवादी केन्द्रका नन्द किशोर राय ५ सय ४३ मत र वडा नम्बर १२ मा नेपाली कांग्रेसका राम दरेश राय ६ सय ८८ मत ल्याउँदै निर्वाचित भए ।

बलरा नगरपालिका

बलरा नगरपालिकामा पनि मलंगवा झैँ विकास हुन सकेको छैन । भारतको सिमानासँग जोडिएको नगरपालिकामा मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन् ।

मेयरमा ४ हजार ६ सय ४३ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी लोसपाका निवर्तमान मेयर अभय कुमार सिंहले तीन हजार ६ सय ३१ मत मात्रै पाए । उपमेयरमा कोशिला देवी ४ हजार ३ सय ५१ मत ल्याएर विजयी भएकी छिन् ।

उनकी निकटतम प्रतिस्पर्धी लोसपाकी रागन देवीले ३ हजार ७ सय ४० मत मात्रै प्राप्त गरिन् । ११ वडा रहेको बलरामा वडा अध्यक्षतर्फ नेपाली कांग्रेसले ६, माओवादी केन्द्रले ३, नेकपा एमालेले १ र लोसपाका उम्मेद्वारले १ वडामा विजय प्राप्त गरे ।

वडाअध्यक्ष तर्फ वडा नम्बर १ मा नेपाली कांग्रेसका नन्दलाल राउत ३ सय ३० मत, वडा नम्बर २ मा नेकपा एमालेका राम नारायण सहनी ५ सय ४५ मत, वडा नम्बर ३ मा नेपाली कांग्रेसका आनन्द मोहन मिश्र ४ सय २३ मत, वडा नम्बर ४ मा नेपाली कांग्रेसमा मनी भुषण सिंह ४ सय २० मत, वडा नम्बर ५ मा नेपाली कांग्रेसका मनोज कुमार सिंह ४ सय ८९ मत, वडा नम्बर ६ मा लोसपाकी अनिता देवी सहनी ७ सय ४५ मत, वडा नम्बर ७ मा नेपाली कांग्रेसका प्रविन कुमार सिंह ६ सय ७ मत, वडा नम्बर ८ मा नेपाली कांग्रेसका छेत्नु शाह ६ सय ५ मत, वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रका विरेन्द्र प्रसाद चौधरी ५ सय ६६ मत, वडा नम्बर १० मा नेकपा माओवादी केन्द्रका दिनेश प्रसाद कुशवाहा ६ सय ८३ मत र वडा नम्बर ११ मा नेकपा माओवादी केन्द्रका सुखलाल सहनी ५ सय १८ मत ल्याउँदै निर्वाचित भएका छन् ।

गोडैता नगरपालिका

राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको गृहजिल्ला सर्लाहीमा लोकतान्त्रिक समाजवादी पार्टीले यही एक नगरपालिकामा जीत हासिल गरेको छ ।

गोडैता नगरपालिकाको मेयर र उपमेयरमा देवेन्द्र कुमार यादव र अन्जना कुशवाहाले जीत निकाल्दै राष्ट्रिय अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोको ‘नाक’ राख्ने कार्यमा सफल भए । सर्लाही क्षेत्र नम्बर ४ अन्तर्गत ‘प्रदेश ख’बाट प्रदेश सभा सदस्य समेत रहेका नेपाली कांग्रेसका उपेन्द्र कुशवाहाले मेयरमा उम्मेदवारी दिएका थिए ।

मधेश प्रदेश सदस्य सभामा कांग्रेसका मुख्य सचेतक समेत रहेका कुशवाहा फेरि राजीनामा दिएर मेयरको चुनावी प्रतिस्पर्धामा होमिएका थिए । ५ हजार २ सय ९४ मत सहित यादवले मेयरमा दोस्रोपटक निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्र प्रसाद कुशवाहाले ४ हजार ७ सय ५२ मत मात्र ल्याए ।

त्यसैगरी उपमेयरमा पनि लोसपाकी अञ्जना कुशवाहा दोस्रोपटक निर्वाचित भएकी छिन् । ५ हजार ३ सय १ मत सहित कुशवाहा निर्वाचित हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रामसखी देवीले ४ हजार ४ सय ९३ मत मात्र प्राप्त गरिन् ।

यस्तै वडाअध्यक्ष तर्फ वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका सोजित महतो ३ सय ८ मत , वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका अजय प्रसाद शाह १ हजार ११ मत, वडा नम्बर ३ मा लोसपाका विजय प्रसाद यादव ८ सय ७८ मत, वडा नम्बर ४ मा लोसपाका राजाराम शाह ३ सय ६४ मत, वडा नम्बर ५ मा लोसपाका प्रकास प्रसाद गुप्ता ८ सय ७३ मत, वडा नम्बर ६ मा नेपाली कांग्रेसका सचिन्द्र महतो ५ सय ९७ मत, वडा नम्बर ७ मा लोसपाका विनेश कुमार दास ५ सय १७ मत, वडा नम्बर ८ मा नेकपा एमालेका मिरेन्द्र कुमार झा ४ सय १२ मत, वडा नम्बर ९ मा नेपाली कांग्रेसका दशै सहनी ३ सय ४७ मत, वडा नम्बर १० मा नेकपा एमालेका वैधनाथ मण्डल ४ सय ९८ मत, वडा नम्बर ११ मा नेकपा एमालेका विश्वनाथ पण्डित ५ सय ५९ मत र वडा नम्बर १२ मा लोसपाका केशव कुमार ७ सय ५८ मत ल्याउँदै निर्वाचित भएका छन् ।

बागमती नगरपालिका

सर्लाहीको बागमती नगरपालिका पूर्वपश्चिम लोकमार्गमा रहेको नगरपालिका हो । यसले छिमेकी जिल्ला रौतहटको सिमाना छोएको छ ।

बागमतीको मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्रका भरतकुमार थापा र लिला कुमारी मोक्तान दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । मेयरमा थापाले ११ हजार ३ सय ५७ मत सहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका टंकबहादुर बस्नेत (गोकुल) ले ७ हजार ३ सय ६८ मत मात्रै पाए ।

उपमेयरमा मोक्तानले १० हजार ८ सय ७९ मत ल्याउँदा उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी सरिता घिसिङले ७ हजार ७ सय ५ मत मात्र पाइन् ।

यस्तै वडाअध्यक्षतर्फ वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका गम्भीर सिं पाख्रिन १ हजार १ सय १५ मत, वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका टेक बहादुर बल ४ सय ७५ मत, वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रका तिलक बहादुर मोक्तान १ हजार १ सय ३७ मत, वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका कृष्ण कुमार लामा १ हजार ८ सय २२ मत, वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रका कृष्ण बहादुर वाइबा १ हजार २ सय ८५ मत, वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्रका गोपाल बहादुर थापा ४ सय ९४ मत, वडा नम्बर ७ मा नेकपा माओवादी केन्द्रका दुर्गा बहादुर हेन्जन ८ सय ६४ मत, वडा नम्बर ८ मा नेकपा एमालेका डम्बर बहादुर कार्की ६ सय ३८ मत, वडा नम्बर ९ मा नेपाली कांग्रेसका दिनेश राय ५ सय १७ मत, वडा नम्बर १० मा नेकपा माओवादी केन्द्रका जुगेर कादीर ५ सय ११ मत, वडा नम्बर ११ मा नेकपा माओवादी केन्द्रका प्रदीप आचार्य ९ सय १६ मत र वडा नम्बर १२ मा नेकपा माओवादी केन्द्रका ओम बहादुर श्रेष्ठ १ हजार २ सय १९ मत ल्याउँदै निर्वाचित भएका छन् ।

हरिवन नगरपालिका

हरिवनको नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका रमेश बुढाथोकी (कमल) विजयी भएका छन् । त्यस्तै उपमेयरमा भने नेकपा एमालेकी हरिमाया घलान विजयी भएकी छिन् ।

मतगणनाका क्रममा निकै प्रतिस्पर्धा देखिएको हरिवनको मेयरमा बुढाथोकीले निवर्तमान मेयर नेकपा एमालेका गणेश प्रसाद प्रसाईंलाई १ सय ५३ मतले पराजित गर्न सफल भए । ७ हजार २ मतसहित बुढाथोकी विजयी हुँदा प्रसाईंले ६ हजार ८ सय ४९ मत मात्र पाए । आफ्नो पार्टीका एकजना पनि वडाअध्यक्ष र वडा सदस्य विजयी नहुँदा समेत माओवादीका बुढाथोकी मेयरमा बाजि मार्न सफल भए ।

त्यस्तै उपमेयरतर्फ एमालेकी घलान ६ हजार ८ सय ५५ मत सहित विजयी भइन् । निकटतम प्रतिद्वन्द्वी माओवादीकी पद्मा मोक्तानले ५ हजार ३ सय २१ मत ल्याइन् ।

यस्तै वडा अध्यक्षतर्फ वडा नम्बर १ मा नेपाली कांग्रेसका टम बहादुर तामाङ १ हजार १ सय ५ मत, वडा नम्बर २ मा नेपाली कांग्रेसका अर्जुन कुमार योन्जन ९ सय ४६ मत, वडा नम्बर ३ मा नेकपा एमालेका दीपमान लोप्चन ७ सय ६६ मत, वडा नम्बर ४ मा नेपाली कांग्रेसका केशव राज थापा ५ सय ६१ मत , वडा नम्बर ५ मा नेकपा एसका नागेन्द्र कुमार शाह ७ सय ३१ मत, वडा नम्बर ६ मा नेकपा एसका सन्तलाल घिसिङ ५ सय ४४ मत, वडा नम्बर ७ मा नेकपा एमालेका निरध्वज कार्की ३ सय ७९ मत, वडा नम्बर ८ मा नेकपा एमालेका प्रज्वल ढुंगाना ९ सय ४८ मत , वडा नम्बर ९ मा नेपाली कांग्रेसका कोकिला नन्द उप्रेती ९ सय ६५ मत, वडा नम्बर १० मा नेकपा एमालेका शम्भु प्रसाद मैनाली ६ सय ९० मत र वडा नम्बर ११ मा नेकपा एमालेका शेष महबुब रेजा १ हजार १ सय ३३ प्राप्त गर्दै वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

हरिपुर्वा नगरपालिका

सर्लाहीको दक्षिणपूर्वी क्षेत्र स्थित हरिपुर्वा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

हरिपुर्वा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका विनोदकुमार साह तेली ५ हजार ९९ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका योगनारायण रायले ३ हजार ४ सय ९५ मत मात्र पाए ।

यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकी उम्मेदवार सुमित्रा देवी ग्वारनी निर्वाचित भएकी छिन् । उनले ४ हजार ३ सय ९१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी सुनितादेवी यादवले ३ हजार ४ सय मत मात्र प्राप्त गरिन् ।

नगरपालिका अन्तर्गतको वडा अध्यक्षहरुतर्फ वडा नम्बर १ मा नेपाली कांग्रेसका श्याम बाबू राय ३ सय ७५ मत, वडा नम्बर २ मा लोसपाका दिनेश राय यादव ६ सय ६२ मत, वडा नम्बर ३ मा जसपाका प्रमोद कुमार राय ८ सय ६ मत, वडा नम्बर ४ मा नेपाली कांग्रेसका नोखेलाल राय यादव ७ सय १२ मत, वडा नम्बर ५ मा नेपाली कांग्रेसका विजय भुषण प्रसाद शाह ७ सय २५ मत, वडा नम्बर ६ मा जसपाको राम सोगारथ राय यादव ३ सय ८४ मत, वडा नम्बर ७ मा जसपाका उमेश राय यादव ५ सय ४ मत, वडा नम्बर ८ मा लोसपाका रामेश्वर राय २ सय १८ मत र वडा नम्बर ९ मा लोसपाका सुरेन्द्र महतो कोइरी ७ सय ६४ मत ल्याउँदै निर्वाचित भएका छन् ।

कविलासी नगरपालिका

सर्लाहीको कविलासी नगरपालिकाको मेयर तथा उपमेयरमा नेपाली कांग्रेसका ब्रम्हदेव राय र पुनम कर्ण निर्वाचित भएका छन् ।
तत्कालीन राजपाबाट जित निकाली यसपटकको चुनावमा एमालेबाट उम्मेदवार बनेका निवर्तमान मेयर कौशलकिशोर यादव तथा जसपाका उम्मेदवार बनेकी निवर्तमान उपमेयर राधादेवीलाई हराउँदै कांग्रेसले जित निकालेको हो ।

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत कविलासी नगरपालिकामा कांग्रेसका उम्मेदवार राय ६ हजार ४ सय ४४ मतसहित मेयरमा निर्वाचित भएका हुन् । उनले जनता समाजवादी पार्टीका उम्मेदवार रामनरेश रायलाई १ हजार ७ सय ८१ मतान्तरले पराजित गरे ।

जसपाका उम्मेदवार रायले ४ हजार ६ सय ६३ मत ल्याए । पार्टी परिवर्तन गरेर नेकपा एमालेबाट उम्मेदवार बनेका निवर्तमान मेयर कौशलकिशोर यादवले भने ३ हजार ५ सय १८ मत मात्र प्राप्त गरे ।

यस्तै, उपमेयरमा कांग्रेसकै पुनम कर्ण ६ हजार ९ सय ७ मत ल्याई विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी जसपाकी उम्मेदवार तथा निवर्तमान उपमेयर राधादेवी ४ हजार ९ सय १६ मत प्राप्त गरिन् ।

१० वडा रहेको कविलासीमा ६ वटा वडामा कांग्रेस, २ वडामा जसपा तथा एक/एक वडामा एकीकृत समाजवादी र एमालेका उम्मेदवार विजयी भएका छन् ।

वडाअध्यक्ष तर्फ वडा नम्बर १ मा नेपाली कांग्रेसका दिपलाल राय यादब ६ सय ३७ मत, वडा नम्बर २ मा नेकपा एसका राम पुकार मण्डल ५ सय १ मत, वडा नम्बर ३ मा नेकपा एमालेका राम विश्वास राय ५ सय ४८ मत, वडा नम्बर ४ मा जसपाका गिरधारी राय १ हजार २ सय ८ मत, वडा नम्बर ५ मा नेपाली कांग्रेसका सुरेन्द्र राय ६ सय १८ मत, वडा नम्बर ६ नेपाली कांग्रेसका पुरुषोतम राय ७ सय ४५ मत, वडा नम्बर ७ मा नेपाली कांग्रेसका धरवेन्द्र राय यादव ६ सय ९० मत, वडा नम्बर ८ मा नेपाली कांग्रेसका विरेन्द्र प्रसाद साह १ हजार १ सय ६५ मत, वडा नम्बर ९ मा नेपाली कांग्रेसका रामदिनेश राय ५ सय ९६ मत र वडा नम्बर १० मा जसपाका संजय महतो ६ सय २५ मत ल्याउँदै निर्वाचित भएका छन् ।

चक्रघट्टा गाउँपालिका

सर्लाहीको चक्रघट्टा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी विजयी भएको छ । अध्यक्षमा जसपाका कृष्णकुमार यादव ५ हजार ९ सय १५ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामजी साह तेलीले ३ हजार ५ सय २१ मत मात्र प्राप्त गरे । गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत रहेका माओवादी केन्द्रका विक्रम यादवले २ हजार १ सय ४४ मत मात्रै ल्याए ।

अध्यक्षमा पराजित माओवादीका यादव पूर्वमन्त्री एवम् सर्लाही क्षेत्र नंः ३ का संघीय सांसद रामेश्वर राय यादवका छोरा हुन् । यस्तै, गाउँपालिकाको उपाध्यक्षमा पनि जसपाकै मिनादेवी रायले ५ हजार ८ सय १५ मत प्राप्त गर्दै निर्वाचित भइन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी विमल जयसवालले ३ हजार २ सय ३ र माओवादी केन्द्रकी सजरा खातुनले १ हजार ८ सय ६९ मत मात्रै पाइन् ।

सर्लाही जसपाका नेता एवं हाल संघीय सरकारका कृषि तथा पुशपंक्षी विकास मन्त्री महेन्द्र राय यादवको गृह जिल्ला समेत हो । यद्यपि जसपाले सर्लाही २ बाहेकको पालिकामा जित निकाल्न सकेन ।

गाउँपालिकाको वडा अध्यक्षतर्फ वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका राम सुरेश राय ३ सय ८८ मत , वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका विनोद कुमार राय ४ सय २ मत, वडा नम्बर ३ मा जसपाका दिनेश कुमार साह ७ सय ९२ मत, वडा नम्बर ४ मा नेपाली कांग्रेसका फैयाज अहमद ९ सय २८ मत, वडा नम्बर ५ मा जसपाका नागेन्द्र प्रसाद साह ४ सय ५० मत, वडा नम्बर ६ मा जसपाका राजेश कुमार यादव ४ सय ९० मत, वडा नम्बर ७ मा नविन कुमार राय ८ सय १२ मत, वडा नम्बर ८ मा रामकैलाश राउत ७ सय ७३ मत र वडा नम्बर ९ मा जसपाका विजय कुमार यादव ५ सय ५५ मत ल्याउँदै निर्वाचित भएका छन् ।

बसबरिया गाउँपालिका

बसबरिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा आफ्ना उम्मेदवार विजयी भएसँगै सर्लाहीमा जनता समाजवादी पार्टी (जसपा) ले खाता खोलेको छ ।

बसबरियाको अध्यक्षमा जसपाका रामसिंहासन राय चार हजार ९ सय ४६ मतसहित विजयी भएका छन् । रायका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामअयोध्या यादवले २ हजार ८ सय ७१ मत मात्रै प्राप्त गरे । पराजित रामअयोेध्या बसबरियाका निवर्तमान अध्यक्ष हुन् ।

त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा जसपाकै सरिता कुमारी ४ हजार ७ सय ९५ मत सहित विजयी भईन् । निकतम् प्रतिद्वन्द्वी कांग्रेसकी निभा कुमारीले ३ हजार २ सय ३३ मत प्राप्त गरिन् ।

गाउँपालिकाको वडाअध्यक्ष तर्फ वडा नम्बर १ मा जसपाका शिवेन्द्र मोहन यादव १ हजार ४१ मत, वडा नम्बर २ मा नेपाली कांग्रेसका विन्देश्वर यादव ५ सय २९ मत, वडा नम्बर ३ मा नेपाली कांग्रेसका नन्दलाल महतो ५ सय ६० मत, वडा नम्बर ४ मा जसपाका राजेन्द्र प्रसाद साह १ हजार १४ मत, वडा नम्बर ५ मा जसपाका रामचन्द्र राय ७ सय ८२ मत र वडा नम्बर ६ मा नेकपा एमालेका नागेन्द्र प्रसाद साह ५ सय ८० मत ल्याउँदै निर्वाचित भएका छन् ।

चन्द्रनगर गाउँपालिका

चन्द्रनगर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार महतो निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा भने माओवादीकी गीता देवी महतो निर्वाचित भएकी छिन् ।

निर्वाचित अध्यक्ष महतोले ३ हजार ९ सय ९५ मत मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लोकेन्द्र मुखियाले ३ हजार ५ सय ३६ मत मात्र प्राप्त गरे ।

यसअघिका गापा अध्यक्ष लोसपाका महेन्द्र महतो २ हजार ८ सय ८५ मत ल्याउँदै तेस्रो भए । उनी लोसपा वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोका दाजु तथा प्रदेशसभा सदस्य उपेन्द्र महतोका बुबा हुन् ।

गाउँपालिकाको वडाअध्यक्ष तर्फ वडा नम्बर १ मा रामेश्वर प्रसाद महतो ६ सय ४६ मत , वडा नम्बर २ मा नेपाली कांग्रेसका शम्भु साह तेली ६ सय १२ मत, वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रका सीताराम महतो ७ सय २३ मत, वडा नम्बर ४ मा पुतली छापमा स्वतन्त्र उम्मेदवार राजीव सिंह दनुवार ५ सय ३० मत, वडा नम्बर ५ मा लोसपाका सुर्यवंश राय ५ सय ५७ मत, वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्रका राम स्वरुप कुर्मी ४ सय ५६ मत र वडा नम्बर ७ मा नेकपा माओवादी केन्द्रका दिपेन्द्र कुमार चौधरी ५ सय ४८ मत ल्याउँदै निर्वाचित भएका छन् ।

कौडेना गाउँपालिका

सर्लाहीको कौडेना गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा रूपेश कुमार र उपाध्यक्षमा नगिना देवी विजयी भएकी हुन् ।

गाउँपालिका अध्यक्षको लागि रुपेशले ५ हजार २ सय ८१ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटम् प्रतिद्वन्दी जसपाका राज नन्दन प्रसादले २ हजार ४ सय ४१ मत मात्र प्राप्त गरे । यसैगरी अध्यक्ष पदमै लोसपाका रामप्रसाद राय यादवले २ हजार ६५, जनमत पार्टीकी सावित्री धितालले ७ सय ६८, नेकपा माओवादी केन्द्रका महादेव साहले ७ सय १८ मत प्राप्त गरे ।

गाउँपालिकाकै उपाध्यक्षमा नेपाली कांग्रेसकी नगिना देवीले ४ हजार ९ सय ६३ मत प्राप्त गरिन् । उनकी निकटतम प्रतिद्वन्दी जसपाकी पलवी देवी यादवले २ हजार ६ सय ६२ मत मात्र ल्याइन् । गाउँपालिका उपाध्यक्षकै लागि लोसपाकी बिन्दु कुमारी यादवले २ हजार १ सय ४४, नेकपा एमालेका सुनिता देवी रायले ७ सय ६ ल्याएका छन् ।

यस्तै, कौडेना गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा नेपाली कांग्रेसका राजेश पटेल विजयी भएका छन् । राजेशले ६ सय ८२ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी जसपाका राम एकवाल महतोले ५ सय ५७ मत प्राप्त गरे ।

वडा नं.२ मा नेपाली कांग्रेसका राम दरेश ठाकुर निर्वाचित भएका छन् । रामले १ हजार १५ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी लोसपाका राम ध्यान रायले ५ सय ३९ मत मात्र प्राप्त गरे । वडा नं. ३ मा जसपाका पचूँ चौधरी कल्वार निर्वाचित भए ।

पचूँले ७ सय मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्दी लोसपाका प्रभु चौधरीले ६ सय ११ मत प्राप्त गरे । वडा नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवार राम विश्वास राय विजयी भए । रामले १ हजार २ सय ५५ मत ल्याउँदा लोसपाका रौशन कुमार राय यादवले ३ सय ५२ मत पाए ।
त्यसैगरी वडा नं. ५ को वडाध्यक्षमा नेपाली कांग्रेसकी अनिशा खातुन निर्वाचित भएकी छिन् । अनिशाले ४ सय ४४ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी लोसपाका रामबाबु राय यादवले ३ सय ८९ मत मात्र प्राप्त गरे ।

वडा नं.६ मा नेकपा माओवादी केन्द्रका राम उमेश राय निर्वाचित भएका छन् । राम उमेशले ४ सय ५५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी लोसपाका किशोरी राय यादवले ३ सय १ मत मात्र पाएका छन् ।

त्यस्तै वडा नं. ७ मा राप्रपाका उम्मेदवार विजय कुमार यादव निर्वाचित भए । विजयले ५ सय ९५ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका मिश्री राय यादवले २ सय ९२ मत मात्र प्राप्त गरे ।

विष्णु गाउँपालिका

जिल्लाको दक्षिण सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकामा नेपाली कांग्रेसले कार्यकाल दोहो¥याएको छ ।

विष्णु गाउँपालिकामा सम्पन्न मतगणनाको परिणाम अनुसार पालिका अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार जवाहरलाल यादव १ सय ३१ मतान्तरले विजयी भएका हुन् ।

यादवले कुल ३ हजार २ सय ११ मत प्राप्त गर्दा उनको निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका विजयकुमार यादवले ३ हजार ८० मत मात्र प्राप्त गरे । यस्तै उपाध्यक्ष पदमा पनि कांग्रेसकी उम्मेदवार विजयी भएकी छन् ।

कांग्रेसकी उम्मेदवार उषा देवी २ हजार ९ सय ४९ मतसहित विजयी भएकी हुन् । उनको निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी सुनिता देवी जसवालले २ हजार ४ सय ७० मत मात्र प्राप्त गर्दै पराजित भइन् ।

यस्तै पालिकाको वडाध्यक्षमा कांग्रेसले ३, जसपाले ३, लोसपाले एक र माओवादी केन्द्रले एक स्थानमा जित निकालेको छ । वडा नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टीका विकाउ ठाकुरले ३ सय ५४ मत, २ नम्बमा नेकपा(माओवादी केन्द्र) का मनोज प्रसाद यादव ३ सय ३१ मत, वडा नम्बर ३ मा नेपाली कांग्रेसका जय कुमार चौधरी ४ सय ९० मत, वडा नम्बर ४ मा नेपाली कांग्रेसका विनोद राय यादव ३ सय ७१ मत, वडा नम्बर ५ मा जनता समाजवादीका कमोद राय यादव ४ सय ७६ मत, वडा नम्बर ६ मा कांग्रेसका नन्द किशोर यादव ८ सय ५४ मत, वडा नम्ब ७ मा जनता समाजवादीका निरस राउत ४ सय ५७ मत र वडा नम्बर ८ नम्बरमा जनता समाजवादीका जवाहर लाल राय ५ सय ७४ मत ल्याउँदै निर्वाचित भएका हुन् ।

धनकौल गाउँपालिका

धनकौल गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार राम आश्रय शाह र उपाध्यक्ष पदका उम्मेदवार अकली सहनी विजयी भएका छन् ।

विजयी शाहले अध्यक्ष पदका लागि ४ हजार ४ सय ७७ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार फकिरा महतोले ३ हजार ३ सय ७८ मत मात्र प्राप्त गरे ।

महतोलाई १ हजार ९९ मतले पछि पार्दै साह गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । साह गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत हुन् । गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै अकली सहनी ४ हजार ५ सय ४ मतका साथ विजयी भएकी छिन् । उनी पनि गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुन् । निकटम् प्रतिद्वन्दी माओवादी केन्द्रकी निलम देवी सहनीले तीन हजार २ सय २५ मत मात्रै प्राप्त गरिन् ।

सातवटा वडा रहेको धनकौलमा वडा अध्यक्ष तर्फ वडा नम्बर १ मा नेपाली कांग्रेसका गौरी शंकर महतो ६ सय ९४ मत, वडा नम्बर २ मा नेपाली कांग्रेसका राम बहादुर सहनी १ हजार ४ सय ९९ मत, वडा नम्बर ३ मा नेकपा एमालेका अशोक कुमार यादव ५ सय २४ मत, वडा नम्बर ४ मा नेपाली कांग्रेसका नरेन्द्र राय यादव ७ सय १ मत, वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रका गजेन्द्र महतो ५ सय ५३ मत, वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्रका श्याम बाबु साह ४ सय ५ र वडा नम्ब ७ मा नेपाली कांग्रेसका राम लखन राय ८ सय ४ मत ल्याउँदै निर्वाचित भएका हुन् ।

पर्सा गाउँपालिका

सर्लाहीको पर्सा गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका धिरेन्द्र राय र उपाध्यक्षमा नुतन देवी निर्वाचित भएकी छिन् ।

अध्यक्षमा रायले ४ हजार ४ सय ६६ मत ल्याउँदा उनका निकटम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका (जसपा) का उम्मेदवार दिनेश कुमार यादवले १ हजार ८ सय ५८ मत मात्र प्राप्त गरे ।

त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकै नतुन देवी २ हजार ३९ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी जसपाका उम्मेदवार नसरुल खातुनले १ हजार ४१ प्राप्त गरेका छन ।

वडाअध्यक्षहरु तर्फ वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार सतेन्द्र रायले ४ सय ११ मत, वडा नम्बर २ मा नेकपा एकीकृतका राकेश रामले ३ सय ६३ मत, वडा नम्बर ३ मा नेपाली कांग्रेसका रघुनाथ शाहले ६ सय ६३ मत, वडा नम्बर ४ मा लोसपाका सुवोध राय यादवले ९ सय ८० मत, वडा नम्बर ५ मा लोसपाका अनिल कुमार यादवले ३ सय ५२ मत, वडा नम्बर ६ मा नेपाली कांग्रेसका गणेश शाहले ४ सय ९४ मत ल्याउदै निर्वाचित भएका छन् ।

रामनगर गाउँपालिका

सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा २२ वर्षीय युवक निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र)का राजा बाबु यादव गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचित राजा बाबुको ४ हजार ८१ मत आउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ४१ वर्षीय हरिनन्दन प्रसाद यादवले २ हजार ३ सय ९२ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का पुरषोतम प्रसाद चौधरीले १ हजार ६ सय ३४ मत प्राप्त गरेका छन् ।
राजा बाबु पूर्व सांसद शिवपुजन राय यादवका छोरा हुन् । गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकै गीता देवी निर्वाचित भएकी छन् ।
उनी ३ हजार ५ सय २३ मत ल्याएर विजयी हुँदा कांग्रेसकी कोशिला साहले २ हजार ६ सय ३७ मत ल्याइन् । तेस्रो स्थानमा रहेकी एमालेकी निलम यादवले १ हजार ७ सय ८७ मत प्राप्त गरेकी छन् ।

सातवटा वडा रहेको रामनगरमा वडा अध्यक्ष तर्फ वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका ब्रहमदेव चौधरी ४ सय ८६ मत , वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका सदानन्द यादव ७ सय ७६ मत, वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रका अजय यादब ४ सय ५५ मत, वडा नम्बर ४ मा नेकपा एमालेका बिरेन्द्र ठाकुर ८ सय ८४ मत, वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रका श्रीनन्दन प्रसाद यादव ६ सय ७७ मत, वडा नम्बर ६ मा नेपाली कांग्रेसका गुदर साह ५ सय ४७, र वडा नम्ब ७ मा नेपाली कांग्रेसका गौरी शंकर पंडित कुम्हार ५ सय १३ मत ल्याउँदै निर्वाचित भएका हुन् ।

ब्रम्हपुरी गाउँपालिका

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका सहित सम्पूर्ण वडामा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । गाउँपालिकाको प्रमुख , उप–प्रमुख सहित सातैवटा वडामा नेपाली कांग्रेसका उम्मेदवारहरुको प्यानल नै विजयी भएको छ ।

अघिल्लो निर्वाचनमा राजपाबाट निर्वाचित भई हाल लोसपाको पोल्टामा रहेको गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष सहित सबै पदमा बाजी मार्दै कांग्रेसले ‘क्लिनस्विप’ गरेको हो ।

ब्रम्हपुरी गाउँपालिकाको अध्यक्षमा राम पदारथ साह तेलीले ४ हजार ६ सय ६८ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्दी लोसपाका विनोद कुमार साहले ३ हजार २ सय ७१ मत मात्र ल्याए ।

गाउँपालिका प्रमुख पदकै लागि जसपाका विरेन्द्र कुमार रायले १ हजार ९ सय ७, नेकपा माओवादी केन्द्रका कृष्ण रायले १ हजार ४ सय ८०, नेकपा एमालेकी रिता कुमारीले ५ सय २ मत ल्याएका छन् ।

यसै उपप्रमुख पदमा नेपाली कांग्रेसकी श्यामकला यादवले ४ हजार ६ सय १० मत ल्याएर विजयी हुँदा उनका निकटम प्रतिद्वन्दी लोसपाकी गीतादेवी रायले ३ हजार १ सय ११ मत मात्र ल्याइन् । गाउँपालिका उपप्रमुख पदकै लागि जसपाकी उर्मिला देवीले २ हजार १ सय ९५, नेकपा एमालेका कोपिन्द्र राय यादवले ५ सय ८९ ल्याएका छन् ।

यस्तै, ब्रह्मपुरी गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा निरंजन प्रसाद कलवार विजयी भएका छन् ।निरंजनले ५ सय ७० मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी लोसपाका नगिना प्रसादले ५ सय ३४ मत प्राप्त गरे । वडा नं. २ मा शंकर साह तेली निर्वाचित भएका छन् । शंकरले ६ सय ९१ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी लोसपाका राजेन्द्र साह तेलीले ६ सय २७ मत मात्र प्राप्त गरे ।

वडा नं. ३ मा गौतम कुमार यादव निर्वाचित भए । गौतमले ७ सय २ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्दी लोसपाका श्याम ईन्दल साहले ४ सय ८३ मत प्राप्त गरे । वडा नं. ४ मा श्याम बाबु साह विजयी भए । श्यामबाबुले ७ सय ४४ मत ल्याउँदा लोसपाका शेख अताउर रमानले ६ सय १४ मत पाए ।

त्यसैगरी वडा नं. ५ को वडाध्यक्षमा नविन कुमार यादव निर्वाचित भए । नविनले ४ सय ६९ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी जसपाका योगेन्द्र राय कुर्मीले ३ सय ८१ मत मात्र प्राप्त गरे ।

वडा नं. ६ मा हिरेन्द्र कुमार यादव निर्वाचित भएका छन् । हिरेन्द्रले १ हजार १ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी लोसपाका श्यामबाबु रायले ५ सय ३४ मत मात्र पाएका छन् । त्यस्तै वडा नं. ७ मा रामसागर महतो कोइरी निर्वाचित भए ।

रामसागरले ५ सय ७८ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी जसपाका श्याम सुन्दर यादवले ४ सय ५७ मत मात्र प्राप्त गरे । विगतमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय रहेका ब्रम्हपुरी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रामपदारथ साह सुनिल कुमार थापासँगै कांग्रेसमा प्रवेश गरेका हुन् ।

बरहथवा नगरपालिका

एमालेको तर्फबाट बरहथवा नगरपालिकाको प्रमुखको पदमा उम्मेदवारी दिएकी कल्पना कटुवाल विजयी भएकी छिन् । कटुवालको जितसँगै जिल्लामा एमाले पार्टीले एक स्थानमा प्रमुख र उपप्रमुख पाएको छ ।

जिल्लाको पहिलो महिला मेयरमा निर्वाचित कटुवालले ५ हजार ६ सय ७ मतान्तरले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार एवं निवर्तमान मेयर देवानन्द महतोलाई पराजित गरेकी हुन् ।

मेयरमा निर्वाचित कटुवालले १२ हजार २ सय ७३ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी महतोले ६ हजार ६ सय ६६ मत मात्र पाएर पराजित हुन पुगे ।

निर्वाचित कटुवाल २०७४ सालको स्थानीय तह निर्वाचनमा महतोसँगै पराजित भएकी थिइन् । यस्तै, मेयरतर्फ नै नेपाली कांग्रेसका विगुप्रसाद चौधरीलाई ६ हजार ५५, जसपाका जय प्रकाश रायलाई ३ हजार २ सय ९६ र लोसपाका प्रमोद कुमार रौनियारले १ हजार ४ सय ९८ मत प्राप्त भएको छ ।

उपमेयरमा पनि एमालेका उम्मेदवार रामबाबु प्रसाद साह विजयी भएका छन् । साहले २ हजार ७ सय ८४ मतान्तरले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी गंगा दाहाललाई पराजित गरे ।

उपप्रमुखमा निर्वाचित साहले ९ हजार ९ सय १ मत प्राप्त गर्दा निकटतम दाहालले ७ हजार १ सय १९ मतमात्र प्राप्त गरिन् । उपमेयरमा नेकपा माओवादी केन्द्रकी सिता देवी माझीलाई ६ हजार ३ सय १४, जसपाका मिरा सिंह कोइरीलाई ४ हजार १२ मत र लोसपाकी प्रेम शिला सिंहलाई १ हजार ६ सय ९८ मत प्राप्त भएको छ ।

बरहथवा नगरपालिकाको वडाध्यक्ष पदमा एमालेका ७ जना, नेपाली कांग्रेसका ६ जना, जनता समाजवादीका २ जना र माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी, बहुजन एकता पार्टी नेपाल एक–एक जना विजयी भएका छन् ।

गत ३ गते बेलुकी देखि बरहथवा नगरपालिकाकै भवनमा मतगणना भइरहेको छ । जसअन्तर्गत वडा नम्बर १ मा लोसपाका राकेश सहनी १ हजार २ सय ३२ मत, वडा नम्बर २ मा चेत बहादुर राउत ८ सय १५, वडा नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार नन्दकिशोर महतो ७ सय ६२ मत, वडा नम्बर ४ मा नेकपा एमालेका कृष्ण कुमार शाह ३ सय ४ मत, वडा नम्बर ५ मा नेपाली कांग्रेसका शिव कुमार सिंह कोइरी ८ सय ३१ मत , वडा नम्बर ६ मा नेपाली कांग्रेसका मोहम्मद अफताब आलम ५ सय ९६ मत, वडा नम्बर ७ मा नेपाली कांग्रेसका राम प्रकाश दास ७ सय ६६ मत, वडा नम्बर ८ मा नेकपा एमालेका राज किसोर महतो ५ सय ४३ मत, वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार तुलसी प्रसाद लुइँटेल ६ सय ५९ मत, वडा नम्बर १० मा बहुजन एकता पार्टी नेपालका सर्मिला कुमारी राम ६ सय ६ मत, वडा नम्बर ११ मा नेपाली कांग्रेसका नवराज राई ५ सय ९२ मत, वडा नम्बर १२ मा नेपाली कांग्रेसका रामजी राय यादव ४ सय ७२ मत , वडा नम्बर १३ मा नेकपा एमालेका राजगिर दर्जि ४ सय ७७ मत, वडा नम्बर १४ मा जसपाका दिपेन्द्र प्रसाद यादव ३ सय ६८ मत, वडा नम्बर १५ मा नेकपा एमालेका राम बहादुर चौधरी ६ सय ९५ मत , वडा नम्बर १६ मा नेकपा एमालेका लक्ष्मी नारायण महतो ८ सय ६०, वडा नम्बर १७ मा जसपाका राम विश्वास राय ७ सय ५१ मत र वडा नम्बर १८ मा नेकपा एमालेका अरविन्द कुमार यादव ३ सय २७ मत ल्याउँदै निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ३ : ४१ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही