असार १० मा ‘घनचक्कर’ (ट्रेलर)  « Khabarhub

असार १० मा ‘घनचक्कर’ (ट्रेलर) 


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–आउँदो महिना असारको १० गतेलाई प्रदर्शन तय गर्दै फिल्म ‘घनचक्कर’ को ट्रेलर रिलिज भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमकाबीच निर्माण टिमले ट्रेलर रिलिज गरेको हो । ट्रेलरमा प्रेम र पैसाको लागि युवाहरुबीचको ‘घनचक्कर’ लाई प्राथमिकता दिइएको छ । अभिनेता सौगात मल्ल, सलोन बस्नेत, जेबी डिसी, सरोज खनाल, आशान्त शर्मा, ममता प्रधान, शिशिर भण्डारी लगायत समेटिएका छन् ।

ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित अभिनेता सौगात मल्लले फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिने बताए । ‘फिल्म राम्रो र रमाइलो बनेको छ । मैले निर्वाह गरेको अन्य फिल्म भन्दा यो फरक छ’ सौगातले भने । अर्का अभिनेता जेबी डिसीले पनि फिल्मले दर्शकलाई निराश नबनाउने बताए । ‘फिल्मले उपत्यकाको कथा भन्छ । यहाँ रमाइलो शैलीमा केही सन्देश पनि दिएका छौँ’ उनले भने ।

अर्जुन सिंहको कथामा बनेको फिल्ममा सम्पादन मित्र डि गुरुङको छ । जितेन्द्र राजोपाध्यायको निर्देशनमा बनेको फिल्मलाई करुणा अर्याल र संगम भट्टले निर्माण गरेका हुन् । श्रीराम बालाजी फिल्मस् ले यो फिल्मको वितरण अधिकार लिएको छ ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ३ : ५० बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६