जबरजस्ती करणी उद्योग मुद्दाका फरार चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ  « Khabarhub

जबरजस्ती करणी उद्योग मुद्दाका फरार चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ 


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी चिनियाँ नागरिक ४५ वर्षीय लि छेनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ परेका चिनियाँ नागरिक चन्द्रागिरि नगरपालिका–३ टोटीटोलस्थित जेनजोङग मेशिनरी म्यानुफ्याक्चरीङ कम्पनी प्रालिका सञ्चालक हुन् । उनले २०७८ फागुन २६ गते दिउँसो आफ्नै कम्पनीको अफिस कोठाभित्र २३ वर्षीया महिलालाई कोही नभएको मौका पारी जबरजस्ती करणी गर्न खोजेको भन्ने जाहेरी प्रहरी वृत्त थानकोटमा परेको थियो । 

जिल्ला अदालत काठमाडौँले २०७८ फागुन २९ गते ती चिनियाँ नागरिकलाई पक्राउ गर्न आदेश दिएको थियो । 

उनीमाथि प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ४ : ३९ बजे

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले