छायाँनाथका नगरप्रमुख भामले गरे सम्पत्ति सार्वजनिक « Khabarhub

छायाँनाथका नगरप्रमुख भामले गरे सम्पत्ति सार्वजनिक


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुको छायाँनाथ रारा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख विष्णुकुमार भामले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । नगर प्रमुखको कार्यभार सम्हालेको एक साता नबित्दै भामले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

जिल्ला सदरमुकाम गमगढीको कृष्ण चोकमा मंगलबार आयोजित कार्यक्रममा उनले सम्पत्ति सार्वजानिक गरेका हुन् । जसअनुसार उनीसँग १४ तोला सुन, दुई तोला चाँदी, १५ लाख बैक ब्यालेन्स र नगद मौज्दात १६ लाख रहेको बताए । यस्तै केही ठाउँमा जग्गा समेत रहेको उल्लेख गरे ।

मुगुको साविकको कार्कीवाडा गाविसमा कित्ता नम्बर ५१ को ४२३१३ वर्ग मिटर, साविकको श्रीनगर गाविसमा कित्ता नम्बर ५ को ५५८ बर्ग मिटर, साविकको पिना गाविसमा कित्ता नम्बर ३ को ४५५८ वर्गमिटर  र सुर्खेतको साविकको लाटिकोईली गाविसमा २ कित्ता ३६२ वर्गमिटर जग्गा रहेको नगर प्रमुख भामले बताए । 

छायाँनाथ रारा नगरपालिका-४ भामबाडा गाउँमा निजी निवासमा रहेको सात कोठे एउटा घर आमा लालकली भामको नाममा रहेको बताए । यस्तै गमगढी बजारमा आठ कोठाको घर पनि आमाकै नाममा रहेको उल्लेख गरे । गमगढी बजारमा रहेको ६ कोठाको घर श्रीमती अनिता रावलको नाममा रहेको र नेपालगन्जको तीन तले घर आमा लालकली भामको नाममा रहको बताए ।

नगर प्रमुख भामले यि सम्पत्तिमा आफ्नो कुनै हक दावी नलाग्ने बताए । प्राय: जग्गा आमाको नाममा रहेको हुँदा कुनै पनि जग्गामा नाम नरहेको बताए । उनी यो सबै सम्पत्ति पुर्ख्यौली भएको पनि उल्लेख गरे । मेयर भामले गरेको सार्वजानिक सम्पत्ति विवरणअनुसार तामाका भाँडाकुँडा, हुड्को ताउलो ८० धार्नी, काँसका भाँडाकुँडा ५२ केजी, अन्य सानातिना सामानहरू सय थान र लिउ, गलैँचा समेतका लत्ता कपडा आवश्यकता अनुसार रहेको बताए । 

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ५ : २५ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल