बारामा नेकपा एमाले सबैभन्दा ठूलो दल « Khabarhub

बारामा नेकपा एमाले सबैभन्दा ठूलो दल


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- स्थानीय तह निर्वाचनको मतपरिणाममा बारा जिल्लामा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा दुई पालिकाको प्रमुख, उपप्रमुख र एक स्थानमा उपप्रमुख जितेको एमालेले यस पटक पाँच पालिकामा प्रमुख, उपप्रमुख र एक पालिकामा उपप्रमुखमा विजयी भएको हो । 

नेकपा एमालेले कलैया उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख, जीतपुरसिमरामा उपप्रमुख, निजगढ र पचरोटामा नगरपालिकामा प्रमुख र उपप्रमुख, परवानीपुर र प्रसौनी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा जित हात पारेको छ । 

अघिल्लो पटकको निर्वाचनमा प्रमुख समेत जितेको जीतपुरसिमरामा भने अहिले गठबन्धनबाट नेकपा माओवादी केन्द्रले जितेको छ । यसअघि प्रमुख सहित जित हात पारेको स्थानमा अहिले फरक नतिजा प्राप्त गरेको एमालेले अन्य पालिकामा भने आफूलाई उभ्याउन सफल भएको छ । 

एमालेसँग अहिले ११ जना पालिका प्रमुख र उपप्रमुख छन् । एमालेले पाँच स्थान जित्दा यसअघि जित हात पारेको उपमहानगरपालिका भने कांग्रेसले गुमाएको छ । अघिल्लो पटक एक उपमहानगरपालिका, तीन नगरपालिका सहित ६ स्थानमा जित हात पारेको कांग्रेसले अहिले चार स्थानमा सीमित छ । कांग्रेसले कोल्हवी, महागढीमाई, आदर्श कोत्वालसुवर्णमा भने जित हात पार्न सफल भएको छ । अघिल्लो पटक पहिले पार्टी रहेको कांग्रेस यो पटक भने दोस्रोमा चित्त बुझाएको छ । 

कांग्रेसले गठबन्धन गरेको जीतपुरसिमरा, कलैया र निजगढ तीन वटा मैं सफलता हात पार्न सकेन् । माओवादी, जनता समाजवादी र एकिकृत समाजवादीसँग गठबन्धन गरेको कांग्रेसले कलैयामा प्रमुख, निजगढमा प्रमुख र जीतपुरसिमरामा उपप्रमुख पदमा पराजय व्यहोरेको रेको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले तीन पालिका सहित तेश्रो भएको छ । जिल्लाको सिम्रौनगढ, बारागढी र विश्रामपुरमा जित हात पार्न सफल भएको छ । यस अघि २०७४ को निर्वाचनमा सिम्रौनगढ र बारागढीमा नेपाली काँग्रेसले जित हासिल गरेको थियो ।  

जिल्लाको दुई पालिकामा जनता समाजवादी पार्टीले जित हात पार्न सफल भएको छ । जसपाले देवतालकरैयामाईमा जित हासिल गरेको छ । यस अघि करैयामाईमा नेपाली काँग्रेसलेदेवतालमा राष्ट्रिय जनता पार्टी, नेपालले जित हासिल गरेको थियो । जिल्लामा माओवादी केन्द्र र विवेकशील साझा पार्टीले पहिले पटक खाता खोल्न सफल भएका छन् । 

माओवादी केन्द्रले जीतपुरसिमरा उपमहानगरपालिका जित हात पार्न सफल भएको छ भने विवेकशील साझा पार्टीले फेटा गाउँपालिकामा जित हासिल गरेको छ । यस अघि २०७४ को निर्वाचनमा जीतपुरसिमरामा एमालेले र फेटा गाउँपालिकामा संघीय समाजवादी फोरमले जित हासिल गरेको थियो ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ७ : ०३ बजे

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने

कुष्ठ प्रभावित व्यक्तिलाई आर्थिक सहयोग प्रदान

काठमाडौं – नेपाल कानुन समाज र ग्रामीण विकास प्रतिष्ठानले कुष्ठ

पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि महिला गोल्डकप फुटबल